काठमाडौं। काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाहको टिमले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको छ।
पटक-पटक आग्रह गर्दा पनि वर्षौंदेखि महानगरलाई बुझाउनु पर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नतिरेपछि महानगरले २४ घन्टे अल्टिमेटम दिएको थियो।
काठमाडौँको भृकुटीमण्डपस्थित फनपार्कले उक्त मनोररञ्जन कर महानगरको राजस्व विभागलाई केही समयअघि मात्र बुझाएको महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले बताए।
उनका अनुसार उक्त मनोरञ्जन कर पाँच वर्षको रहेको छ ।
अधिकारीका अनुसार मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर भनी तिर्नुपर्ने नियम छ।
‘व्यवसाय कर भने वडामा नै तिर्नुपर्ने हुन्छ,’ उनले भने, ‘व्यवसाय कर एकदेखि डेढ लाखको हाराहारीमा होला। त्यसको लागि हामीले चिठी काटिसकेका छौंं। उहाँहरू कर तिर्नेमा सकारात्मक हुनुहुन्छ।’
६० रोपनी जग्गा समाज कल्याण परिषदले फनपार्कलाई भाडामा दिएको छ। बहाल करको दस प्रतिशत कर परिषदले महानगरलाई बुझाउनुपर्ने हुन्छ।
महानगरले २४ घन्टाभित्र कर बुझाउन अल्टिमेटम दिएपछि उक्त फनपार्कले मनोरञ्जन कर मात्र बुझाएको हो।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend