Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालेन शाहको २४ घन्टे अल्टिमेटमपछि फनपार्कले मनोरञ्जन कर तिर्‍यो


    बिहिबार, भाद्र १६ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाहको टिमले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको छ। 

    पटक-पटक आग्रह गर्दा पनि वर्षौंदेखि महानगरलाई बुझाउनु पर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नतिरेपछि महानगरले‍ २४ घन्टे अल्टिमेटम दिएको थियो। 

    काठमाडौँको भृकुटीमण्डपस्थित फनपार्कले उक्त मनोररञ्जन कर महानगरको राजस्व विभागलाई केही समयअघि मात्र बुझाएको महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले बताए। 

    उनका अनुसार उक्त मनोरञ्जन कर पाँच वर्षको रहेको छ ।  

    अधिकारीका अनुसार मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर भनी तिर्नुपर्ने नियम छ।

    ‘व्यवसाय कर भने वडामा नै तिर्नुपर्ने हुन्छ,’ उनले भने, ‘व्यवसाय कर एकद‍ेखि डेढ लाखको हाराहारीमा होला। त्यसको लागि हामीले चिठी काटिसकेका छौंं। उहाँहरू कर तिर्नेमा सकारात्मक हुनुहुन्छ।’  

    ६० रोपनी जग्गा समाज कल्याण परिषदले फनपार्कलाई भाडामा दिएको छ। बहाल करको दस प्रतिशत कर परिषदले महानगरलाई बुझाउनुपर्ने हुन्छ।

    महानगरले २४ घन्टाभित्र कर बुझाउन अल्टिमेटम दिएपछि उक्त फनपार्कले मनोरञ्जन कर मात्र बुझाएको हो। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार