काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चलचित्र प्रकाशले वर्तमान नेपाली राजनीतिमा भएको विकृतिलाई उजागर गरेको बताएका छन् ।
बुधवार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चलचित्रले जनक्रान्ति र कम्युनिष्टको नाममा नेपालमा भइरहको विकृतिलाई उदांगो पारेको धारणा प्रकट गरेका छन् । उनले चलचित्रमा वर्गीय व्यवस्थालाई प्रोत्साहित गर्न खोजेको कुरा देखाइएको बताए ।
अध्यक्ष लिङ्देनले भने–अहिलेको समाज कस्तो भन्ने कुरा चलिचित्रमा चित्रण गरिएको छ । यो चलचित्र अहिलेको नेतृत्व गरिरहने राजनीतिक नेता र कार्यकर्ताले हेर्नैपर्ने छ । राजनीतिमा अहिले भइरहेको विकृतिलाई चित्रण गरेको तर अब राजनीतिक दलहरुले समाजको परिवर्तन गर्न कसरी अघि बढ्ने भन्ने कुरा नदेखाएको उनको भनाइ छ ।
लिङ्देनले भने–‘प्रकाश फिल्मले जे सन्देश दिन खोजिरहेको छ,, वर्तमान राज्य व्यवस्थाले नजानिदो तरिकाबाट वर्गीय व्यवस्थालाई प्रोत्साहित गरिरहेको छ, त्यसलाई उठाइरहेको मान्छे हुँ । त्यो कुरा प्रकाश फिल्मले उठाइरहेको छ । यो फिल्मले अहिलेको समाज कस्तो छ ? त्यसलाई चित्रण गर्न सफल भएको छ, यो फिल्म अहिलेको नेतृत्व गरिरहरने राजनीतिक नेता र कार्यकर्ताले हेर्नैपर्छ । राज्यले जनतालाई दिने सेवा, सुविधा जातको आधारमा नभइ वर्गको आधारमा हुनुपर्छ । चलचित्रले जनक्रान्तिको नाममा कम्युनिष्टको नाममा नेपालमा भइरहको विकृतिलाई उदांगो पारेको छ । फिल्मले समग्र नेपाली राजनीतिमा भएको विकृतिलाई देखाएको छ । अहिलेका विकृति देखाएको छ तर अब के हुनुपर्छ भन्नेकुरा चलचित्रले भनेको छैन ।’
अध्यक्ष लिङ्देनले केही दिनअघि मात्रै प्रदर्शनमा आएको चलचित्र माइकल अधिकारी हेर्न जाँदा अभिनेतालाई नै नचिनेको बताए । चलचित्रमा अभिनय राम्रो लागेको तर बाहिर निस्किएर फोटो खिच्दासमेत सिनेमामा भएको अभिनेता सौगात मल्ल यही हो भनेर छुटयाउन नसकेको भन्दै उनले भने–‘मैले माइकल अधिकारी हेरेको थिएँ, हिरोसँगै बसेर फोटो खिचेछु, मलाई सौगात मल्ल को हो नै थाहा भएन । कस्तो राम्रो कलाकार भन्ने भयो, बाहिर देख्दा थाहा नै भएन ।’
नेपाली चलचित्र प्रकाश गत शुक्रवारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको थियो । शुरुवाती दिनमा चलचित्रले शो नपाएपछि निर्माण र कलाकार टिमले पत्रकार सम्मेलन गर्दै सिनेमा घरहरुले शो नदिएको भन्दै दुखेसो गरेको थिए । अभिनेता प्रदीप खड्का स्वयंले नै दर्शकको माग अनुसार शो नपाएको भन्दै पत्रकार सम्मेलनमा गुनासो गरेका थिए ।
दिनेश राउतको निर्देशन र महेन्द्र अधिकारीको निर्माण रहेको फिल्मले शिक्षक बन्न एक युवकले गर्ने संघर्षको कथा भन्छ । दिनेश राउतको निर्देशन तथा नायक खड्का र नायिका दीया मास्केको मुख्य भूमिका रहेको उक्त चलचित्र जुम्लाको विकट ठाउँमा सरकारी शिक्षक बन्नका लागि गर्नुपरेको संघर्ष र मेहनतमा आधारित छ । चलचित्रको सम्पूर्ण छायांकन जुम्लामा नै गरिएको हो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend