काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग सिफारिस समितिसमक्ष बिहीबार बयान दिने क्रममा कुन्ठा पोखेका छन् । सत्ता गठबन्धनका ९८ सांसदले २०७८ फागुन १ गते महाभियोग दर्ता गरेपछि निलम्बनमा परेका उनले अब सर्वोच्च अदालतमा फर्किने संभावना नदेखेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, बरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीसहित सत्तारुढ दलका नेताहरु र नेपाल बारप्रति आक्रोस पोखेका छन् । नागरिक अगुवा संस्था बार एशोसिएसनको नेतृत्वप्रति उनी बढी खनिएका छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदा न्याय बिक्री गरी अरबौं रुपैयाँ भ्रष्टाचार गरेका राणाले लिएको धेरै रकम घुस फिर्ता गर्नुपर्ने भएपछि कुन्ठा पोखेको चर्चा पनि कानुन ब्यवसायीबीच हुने गरेको छ । चोलेन्द्रशमशेरले बुधबार समिति समक्ष दिएको बयानबारे बरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीको टिप्पणी यस्तो छ–‘प्रधानन्यायाधीशको संसदको बयान आक्रोश र प्रतिशोधको अभिव्यक्तिमात्र हो । अरुका बारेका उनले भनेका कुरा सत्य भएका भए बेलैमा बाहिर ल्याउन केले रोकेको थियो ?’
ब्ल्याकमेलबाट सेवा प्रवेश, न्यायालय चरम बदनाम गराए
तत्कालीन प्रधानन्यायाधीश सुरेन्द्र सिंहलाई ब्ल्याकमेल गरी न्यायाधीशमा प्रवेश गरेका चोलेन्द्रशमशेर राणाले पुनरावेदनदेखि सर्वोच्च अदालतको यात्रामा कुनै पनि मुद्दा घुस नलिई फैसला नगरेको उनका फैसलाको ट्रयाक रेकर्ड पल्टाएर हेर्ने हो भने प्रष्ट हुन्छ । न्यायक्षेत्रमा चोलेन्द्रशमशेर र भ्रष्टाचार पर्यायबाची शब्दका रुपमा स्थापित भएका छन् ।
तत्कालीन पुनरावेदन अदालत बिराटनगरमा हुँदा तासालाई बौद्धिक खेल हो भनेर फैसला गरी जुवाडेसँग घुस खाएका उनले पुनरावेदन अदालत भैरहवामा हुँदा अरबौंका जग्गा हेराफेरी गरेका थिए ।
विशेष अदालतमा आएपछि ३६ वटा भ्रष्टाचारका मुद्दामा ३५ वटामा घुस खाँदा सफाइ दिएका थिए । जयप्रकाश प्रसाद गुप्तालाई हदम्याद गुजारेको भनी सफाइ दिएको मुद्दामा अख्तियारले सर्वोच्च अदालतमा गरेको पुनरावेदनको सुनुवाइ गर्दा तत्कालीन सर्वोच्चका न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टले कारबाही गर्न आदेश दिएको थियो । तर तिनै चोलेन्द्रशमशेरलाई तत्कालीन कानुन मन्त्री नरहरि आचार्यको सिफारिसमा सर्वोच्च अदालतमा ससम्मान न्यायाधीश नियुक्ति गरियो । र, प्रधानन्यायाधीशको रोलक्रममा राखियो ।
दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अनुमोदन नगरेपछि थप १ बर्ष प्रधानन्यायाधीश हुने मौका चोलेन्द्रले पाएका थिए । तर प्रधानन्यायाधीश राणाले न्यायालयलाई पैसा कमाउने धन्दा बनाए । करोड, अरब हुँदै खरब कमाउने अतिसय लालसा उनमा पैदा हुँदै गयो । जसले घुस दिन्छ उसले मात्र न्याय पाउने अवस्था चोलेन्द्रको न्यायालयले स्थापित गर्दै लग्यो ।
चोलेन्द्रशमशेरका भाइ प्रभुशमशेर, ज्वाई विनय रावल, उनका निकट आकृति रायमाझी, विनिता खड्का, नवीन गौतम, तप्तबहादुर बिष्टहरुले मुद्दाका पक्ष बिपक्षसँग मोलमोलाई गर्ने र जसले बढी घुस कबोल गर्छ, कालो छ भने पनि सेतो हो भनेर फैसला गर्ने । सर्वोच्चदेखि उच्च, जिल्ला अदालतका मुद्दामा समेत चोलेन्द्रशमशेरले सेन्टर कलेक्सन गरी फैसला गर्न दबाब दिने गरेका थिए । त्यसको ज्वलन्त उदाहरण सिद्धबाबा भनिने कृष्ण गिरीलाई बलात्कार अभियोगमा सुनसरी जिल्ला अदालतले दिएको सफाइ नै हो । न्यायाधीश अर्जुन कोइरालाले राणाकै निर्देशनमा उनलाई सफाइ दिएका थिए । राणाले ६ करोड रुपैयाँ घुस लिएर कोइरालालाई सिद्धबाबालाई सफाइ दिन निर्देशन दिएको बिषय सार्वजनिक भइसकेको छ ।
रन्जन कोइराला जस्ता जघन्य अपराधीलाई छाड्दा होस् कि अरबौंका सरकारी जग्गा ब्यक्तिका नाममा गर्न दिएका आदेश हुन् । ट्रेडमार्क चोरी गर्ने गणपति टोबाको कम्पनीबाट लिएको करोडौं घुस होस् । सर्वोच्च अदालतको भवन निर्माणको ठेक्कामा प्रतिस्पर्धालाई सीमित गरी डेढ अर्ब घोटाला गरेको बिषय महालेखा परीक्षकको बार्षिक प्रतिवेदनले नै औल्याइसकेको छ । सर्वोच्चको भवन निर्माणका लागि स्काभेटर प्रयोग गरी माटो सम्याउने काम गरेको भए पनि मानिस प्रयोग गरेको भनी समानान्तर निर्माण सेवाका अच्यूत खरेललाई दिएको ५ करोड भुक्तानीको बिषय सर्वोच्चका वर्तमान प्रधानन्यायाधीशले खोतलेर कारबाही गर्ने चेतावनी दिए । चेतावनीपछि समानान्तरका खरेलले ५ करोड रकम सर्वोच्च अदालतलाई फिर्ता गर्न बाध्य भएका छन् ।
करोड र अरब घुस लिएर चोलेन्द्रशमशेरका दाजुभाइले अथाह सम्पत्ति नेपाल, दुबईदेखि अमेरिकासम्म थुपारेकोमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट पक्राउ गरी कारबाही गर्नुपर्नेमा उल्टै जनताका प्रतिनिधि सांसदहरुसमक्ष अन्टसन्ट बोल्ने मौका उनलाई दिइएको छ । उनी र उनका भाइको बानेश्वरस्थित आइपेक्स मललाई नै लिन सकिन्छ । २० औं करोडको उक्त मल भएको जग्गा प्रभुले कसरी हत्याए ? चोलेन्द्रका दाजुभाइलाई कारबाही गर्न सम्पत्ति शुद्धिकरणलाई यति नै प्रमाण पनि काफी हुन्छ ।
लोकमान शैली पछ्याउँदै कुन्ठा पोखे
लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त गर्नुअघि २०७३ पुस ७ मा उनले एक प्रेस विज्ञप्ति निकालेका थिए । जुन विज्ञप्तिमा कार्कीले आफूसँग धेरै तथ्यपूर्ण रहस्यका पोकाहरु रहेको भन्दै कुनै पनि बेला खोल्न सक्ने धम्की दिएका थिए । त्यस्तैखालको कुन्ठा चोलेन्द्रशमशेरले बिहीबार सांसदहरुसमक्ष पोखेका छन् । चोलेन्द्र र लोकमान एकै खालका प्रवृत्ति हुन् । राज्यका सबै निकायलाई तर्साएर करोड, अरब हुँदै खरब जम्मा गर्ने लालसा लोकमानमा थियो भने चोलेन्द्रले पनि त्यही प्रवृत्ति देखियो ।
महाअभियोग सिफारिस समितिले लिखित र मौखिक गरी जबरासँग ४३ वटा प्रश्न तयार पारेको छ । राणाले आफूलाई हटाएर दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन लागेको कुरा समितिमा भनेका छन् । उनले बरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीमाथि पनि स्वार्थ मिलेका मुद्दा मात्र हेर्ने गरेको आरोप लगाएका छन् । ललिता निवासको मुद्दामा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको बिपक्षमा फैसला गर्न लागेकाले हटाएको कुन्ठासमेत पोखेका छन् । जबकि यो कुन्ठा उनले किन पोखेनन् ?
बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश बनाउन दबाब दिएको, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले न्यायाधीश बन्ने इच्छा देखाएको, शम्भु थापाले न्यायाधीशलाई वकिलले घुस खुवाउँछन् भनेर बोलेको, बारका पूर्वमहासचिव लीलामणि पौडेलले न्यायाधीश बनाइदिन आफूलाई चेम्बरमै आएर भनेको भन्दै अमूर्त कुरा गरी आफूले न्यायालयलाई बदनाम गराएको कुरालाई ढाकछोप गर्न खोजेका छन् । चोलेन्द्रको पालामा न्यायालयको चीरहरण नै भयो । तर अझै उनी नै अरुमाथि हिलो छ्याप्न तल्लीन छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend