काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताएकी छिन् ।
आज मंगलवार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उदघाटन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । मन्त्री भुसालले देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताइन् । उनले मुलुक भित्रकै जलस्रोतबाट विद्युत उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्वपूर्ण काम भएको बताइन् । मन्त्री भुसालले यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिव ३ खर्बको डिजेल र पट्रोल आयात हुने अवस्थालाई अब उत्पादित विद्युत खपत बढाउने एक मात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएको बताइन् । उनले पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढेपनि विद्युतीय यातायातको सोच जस्तो विकास नभएको बताइन् । उनले रुस र युक्रेन युद्धको कारण विश्वले भोगेको मुख्य समस्या ऊर्जा शंकट भएको बताइन् । मन्त्री भुसालले विश्वका धेरै देशहरुलाई डिजेल र पट्रोलको प्रतिस्थापनको विकल्प नभएको भन्दै नेपालमा डिजेल र पट्रोलको विकल्प विद्युतबाट परिपूर्ति गर्नुपर्ने बताइन् । उनले विद्युत खपत बढाउने तथा बढी भएको विद्युत निर्यातमार्फत मुलुकको व्यापार घाटा कम गर्न योगदान गर्ने बताइन् ।
उनले भनिन्,‘नेपालको ऊर्जाको क्षेत्रमा ठूलो क्रान्ति हो । मुलुक भित्रकै जलस्रोतबाट बनेको विद्युत उत्पादन गरेर हामी आफैँले प्रयोग गर्ने कुरा महत्वपूर्ण हो । अर्को नेपालमा विदेशबाट डलर खर्च गरेर करिव ३ खर्बको डिजेल र पट्रोल आयात हुने गरेको छ । उत्पादित विद्युत खपत बढाउने एउटा मात्रै माध्यम विद्युतीय यातायात हो । पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढेको छ । यातायात क्षेत्रमा भने जस्तो विद्युतीय भएको छैन । विद्युतीय सवारीको माग पनि बढेको छ । पछिल्लो समय रुस र युक्रेन युद्धको कारण विश्वले भोगेको मुख्य समस्या भनेको ऊर्जा हो । विश्वका धेरै देशहरुलाई डिजेल र पट्रोलको प्रतिस्थापनको विकल्प छैन । नेपालीले गौरव गर्नुपर्छ नेपालमा डिजेल र पट्रोलको विकल्प रहेको छ । नेपालको विद्युत धेरै सस्तो रहेको छ । काठमाडौंबाट सिन्धुली जाँदा विद्युतीय सवारीमा ३ सयको विद्युत खपत हुन्छ । तर डिजेल र पट्रोल प्रयोग हुने सवारीमा ४ हजार खर्च हुन्छ । यो भन्दा विद्युत १० गुणा सस्तो रहेको छ । विदेशमा जाने पैसा नेपालमा नै बस्छ । कृषि र ऊर्जा आयात गर्नाले ठूलो आर्थिक असन्तुलन रहेको छ । मुलुकको व्यापार घाटा कम गर्ने एउटा माध्यम जलविद्युत नै हो ।’
मन्त्री भुसालले आत्मनिर्भर अर्थतन्त्रका लागि सञ्चारमाध्यमहरुले जलविद्युतको विकासमा जोड दिनुपर्ने बताइन् । उनले पछिल्लो समय मुलुकमा विद्युतीय सवारीसाधनको माग अत्याधिक रहेको बताइन् ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend