Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बहुमूल्य गहना लगाएर पशुपतिमा नजान प्रहरीको अनुरोध


    मंगलबार, भाद्र १४ २०७९
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर आज मंगलबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लागेको छ । काठमाडौँको पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड लाग्ने गर्छ ।  

    आज पशुपतिनाथमा भक्तजनको सुरक्षाका लागि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

     पुरुष प्रहरी १४ सय र महिला प्रहरी १ हजार जना  गरि जम्मा  २४ सय प्रहरी परिचालन गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । 
     भक्तजनको सुरक्षाका लागी एक सिफ्टमा १२ सय प्रहरी खटिन्छन् । पशुपति दर्शन गर्न जानेहरूलाई महंगो मोबाइल नबोक्न र गहना लगाएर नजान प्रहरीले अनुरोध गरेको छ ।
    पाकेटमारी र लुटपाट हुनबाट जोगिन प्रहरीले बहुमूल्य गहना नलगाउन र महंगो मोबाइल नबोक्न अनुरोध गरेको हो । पशुपति क्षेत्रमा प्रहरीले सिसिटिभी युनिट र एम्बुलेन्स स्ट्याण्डबाई राखेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार