काठमाडौँ । शुक्रबार राति रोल्पामा जीप दुर्घटना हुँदा खोलामा खसेर बेपत्ता भएका चालक अझै भेटिएका छैनन् ।
जिल्लाको माडी गाउँपालिका–४ माडी खोलामा भएको जीप दुर्घटनामा चालक नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षका वुद्धिबहादर लामा बेपत्ता भएका हुन्।
शहीद मार्गको माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्तीगाउँतर्फ जाँदै गरेको गरेको बा ७ च ५००२ नम्बरको जिप सडकबाट अन्दाजी १ सय मिटर तल माडी खोलामा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा जीपका सहचालक बैतडीको पाटन नगरपालिका–४ का २२ वर्षका मनोज चन्द घाइते भएका थिए । हाल उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बेपत्ता चालकको खोजी गरेपनि आइतवार बिहानसम्म भने फेला पार्न सकेको छैन । प्रहरीले अहिले पनि खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।