काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको दिगो र द्रुत विकासका लागि व्यवस्थित शहरीकरणको आवश्यक्ता रहेको बताएका छन् ।
आज शनिवार बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रको उदघाटन गर्दै यस्तो बताएका हुन्। । उनले शहरी क्षेत्रमा मानिसहरु धेरै बसोवास गर्न थालेको भन्दै शहरलाई अब व्यवस्थित गर्नुको विकल्प नरहेको बताए । उनले नेपालले पञ्चवर्षीय योजना ल्याउँदा व्यवस्थित शहरको विभिन्न प्रयासहरु गर्दै आएपनि अझै अधिकांश शहरहरु योजनावद्ध तरिकाले बन्न नसकेको बताए । उनले अव्यवस्थित शहरले मुलुकमा चुनौती थपिएको बस्तीहरु पनि अव्यवस्थित बनेको बताए । प्रधानमन्त्री देउवाले शहरहरुको योजनावद्ध तरिकाले व्यवस्थति गर्नको लागि योजना तर्जुमाको साथै आधुनिक तरिकाको पूर्वाधार विकासमा आवश्यकता रहेको बताए ।
उनले भने, ‘शहरी क्षेत्रमा मानिसहरु धेरै बसोवास गर्न थालेको अवस्थामा मुलुकको दिगो द्रुत विकासका लागि व्यवस्थित शहरीकरणको ठूलो महत्व रहेको छ । नेपालले पञ्चवर्षीय योजना ल्याउँदा व्यवस्थित शहरको विभिन्न प्रयासहरु गर्दै आएपनि अझै हाम्रा अधिकांश शहरहरु योजनावद्ध तरिकाले बनेका छैनन । अव्यवस्थित छन । अव्यवस्थित शहरले मुलुकमा चुनौतीहरु आएका छन ।’
शहरी विकास मन्त्रालयमार्फत १ अर्ब ११ करोड रुपैयाँ लागतमा बनेको सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend