Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अल्फाबिटाको अवैध संरचनामा डोजर लगाउदै महानगर


    बिहिबार, भाद्र ९ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।  मेयर बालेन्द्र साह  सहितको टोली आज बिहीबार नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचनामा फेरी पुगेका छन् ।काठमाडौ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचनामा आजै डोजर चलाइएको छ। अल्फाबिटाले भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गर्दै आएको भन्दै महानगरले अल्फाबिटाको संरचना भत्काएको हो।
    महानगरपालिकाले अवैध संरचना भत्काउन ३५ दिने सूचना जारी गरेपनि अटेर गरेर अवैध संरचना नभत्काउनेहरुकोमा आजै मेयरसहितको टोली पुगेर डोजर चलाइएको छ।

    अल्फाविटाका मालिक कोरोना संक्रमण कालमा मेडिकल सामग्री आयातमा घोटाला गरेको आरोप लागेको ओम्नी समूहसँग आवद्ध छन् । सयौंको संख्यामा सर्वसाधारणहरुको कोरोना संक्रमणबाट मृत्यु भइरहेका बेलामा समेत स्वास्थ्य सामग्रीहरु खरिद गर्दा घोटाला गरेको आरोप ओम्नी समुह माथि लागेको थियो । 

    बिहान मेयर बालेन र अल्फाबिटाका प्रतिनिधिबीच नक्सा र भुईं तल्लाको प्रयोगबारे विवाद भएको थियो। बालेनले उनीहरुसँग नक्सा मागेका थिए, तर उनीहरुले महानगरमै भएको जवाफ दिएपछि बालेन आक्रोशित बनेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार