काठमाडौं। प्रदेश १ का मन्त्री र सांसदहरुले मानव सिर्जित विपदका घटनालाई न्युनिकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
बिहीवार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले विराटनगरमा आयोजना गरेको प्राकृतिक विपद व्यवस्थापनमा प्रदेश सभासदहरुको भुमिका विषयक कार्यक्रममा मन्त्री र सभासदहरुले यस्तो धारणा राखेका हुन । कार्यक्रममा उनीहरुले पछिल्लो समय विकासको नाममा विपद निम्तिरहेकाले यसलाई बेलैमा रोक्नुपर्नेमा तीन वटै तहका सरकारहरु एकजुट भएर लाग्नुपर्ने बताए । प्राकृतिक विपद न्युनिकरण गर्न जोखिम क्षेत्रको पहिचान गरेर राष्ट्रिय नीति बनाउनुपर्ने उनीहरुको भनाइ छ । प्राकृतिक र मानव सिर्जित विपदलाई न्युनिकरण गर्न तीन वटै तहका सरकारको समन्वयकारी भुमिका आवश्यक पर्ने उल्लेख गरे । कार्यक्रममा प्रदेश १ को आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले मौसमजन्य विपदबारे राम्रो योजना नहुँदा वर्षेनी ठूलो जनधनको क्षति व्यहोर्नुपरेको बताउनु भयो । उहाँले सम्बन्धित निकायका असावधानी र गतिविधिले पनि विपद निम्त्याइरहेको बताउनु भयो । उहाँले शहर र शहरोन्मुख क्षेत्रमा प्लाष्टिकजन्य फोहोरको व्यवस्थापन गर्न नसके आगामी दिनमा ठूलो विपद निम्तिने खतराबारे ध्यान पु¥याउन आवश्यक रहेको बताउनु भयो । उहाँले विपदजन्य घटना कम गर्न व्यवहारिक रुपमा नै नीति निर्माण बनाएर कार्यान्वयन गर्नुपर्ने खाँचो भएको बताउनु भयो । मन्त्री कार्कीले विपदलाई न्युनिकरण कसरी गर्ने भन्ने कुराको पूर्व तयारी प्रदेश सरकारले गरिरहेको उल्लेख गर्दै जोखिम क्षेत्रको नक्शांकन गरेर न्युनिकरण गर्ने र विपदपछिको पुनर्निर्माणका लागि बजेट छुटयाएर अघि बढेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘डिजास्टर टुरिजम घटाउनुपर्छ भन्नेमा हामी लागेका छौँ । त्यसमा हामी गम्भीर भएका छौँ । जिल्ला जिल्लामा यो अभियान थालेका छौँ । विपदलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने कुरामा हामी लागेका छौँ । बजेटमा नै हामीले जोखिम क्षेत्रको नक्शांकन गरेर कसरी न्युनिकरण गर्ने र विपदपछिको पुनर्निर्माण कसरी गर्ने भनेर बजेट नै छुटयाएका छौँ । फेसबुकबाट नै समस्याको समाधान गर्ने काम बन्द गरौँ । कोशीको बाँध हेर्ने भारतको विभागसँग हामीले कुरा गरेका थियौँ । हामीले भारतले बाँध्नुपर्छ भनेका थियौँ । तर उनीहरुले ११ किलोमिटर नाप, त्यसपछि मात्रै बाँध्छौँ भन्छौँ । हामी नदीमा पसेका छौँ । काठमाडौंमा घर र पजेँरो चढेर हिँडनेले पनि सुकुम्वासीमा नाम लेखाएका छन । विपदमा सबैभन्दा बढी गरिवलाई पारिन्छ । विपदमा गरिव पर्ने होइन । गरिवलाई दास नै बनाइरहने र दासको सहयोग लिइराख्ने परम्परा हामीमा छ । नेपालमा खेती, गोबर, बिरुवासँग डर देखाउने प्रचलन छ । धेरै पढ, जागिर खानुपर्छ भन्ने गर्छौं । कसले खेतीमा पठाएको छ ? हामीले हाम्रो शिक्षा भनेको किताव होइन, जन्मदै घरबाट सिक्ने शिक्षा नै ठूलो शिक्षा हुन्छ । नदी अभिशाप होइन, अवसर पनि हो । नदीनाला जीवनयापनको मुख्य आधार पनि हो । नदीलाई व्यवस्थित गर्नुपर्छ । पाता फर्काउने होइन । जानिजानि जोखिमको क्षेत्रमा बस्ने परम्परालाई निरुत्साहीत गर्नुपर्छ । विकासमा पनि हामी आफैँ बाधक छौँ । हाम्रो घरायशी शिक्षा विकासको बाधक छ कि छैन । राम्रो सर्टिफिकेटका लागि कुदछौँ । हामी ज्ञान भन्दा सर्टिफिकेटका लागि दौडन्छौँ । विपदलाई टिकटक, फेसबुक र युटयुबमा हालेर पैसा कमाउने तर विपदमा सहयोग नगर्ने स्थितिमा छौँ । यसलाई अन्त्य गर्नुपर्छ । व्यवहारिक शिक्षालाई मजबुत बनाउन आवश्यक छ ।’
फरक प्रसंगमा मन्त्री कार्कीले सामाजिक सञ्जालबाटै आरोपी र न्यायाधीश बन्ने÷बनाउने कुरा बढी भइरहेकोले यसलाई नियमन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले हालै डुबानमा परेको सप्तकोशी नदीको विषयलाई लिएर काठमाडौंमा घर हुने र पजेँरो चढनेहरुले समेत सुकुम्वासी भनेर नाम लेखाएको भन्दै वास्तविधि सुकुम्वासीको पहिचान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सर्टिफिकेटको शिक्षा भन्दा व्यवहारिक शिक्षालाई जोड दिन जरुरी रहेको बताउनु भयो । मन्त्री कार्कीले मिनि संसदलाई धेरै भन्दा धेरै सक्रिय बनाउनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले सरकार मिनि संसदप्रति जिम्मेवार रहेको भन्दै संसदीय समितिहरु पनि जिम्मेवार भएर काम गर्न आवश्यक रहेको बताउनु भयो ।
संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोग रहेको कार्यक्रममा प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले विपद व्यवस्थापनका लागि मन्त्रालयले पूर्व तयारीका काम गरिरहेको बताउनु भयो । उहाँले प्रदेशमा दक्ष जनशक्तिको अभाव रहेका कारण पनि कतिपय समस्याहरु भइरहेको बताउनु भयो । उहाँले विपदबाट आर्थिक, सामाजिक विकासलाई पछि धकेल्ने कुराको ज्ञान सबैमा फैलाउन आवश्यक रहेको बताउनु भयो । सचिव पराजुलीले विद्यालयको शिक्षामा विपद व्यवस्थापनका कुरा राख्ने काम प्रदेश सरकारले गरिरहेको बताउनु भयो । उहाँले विपदका लागि छुटयाइएको बजेट विपदमैत्री हुनुपर्ने बताउनु भयो । उहाँले प्रदेश सरकारले आफना संरचना बिस्तार गर्न नसकेको बताउनु भयो । उहाँले हिमाल, पहाड र तराईमा भवन निर्माणको मोडालिटि परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । कार्यक्रममा सचिव पराजुलीले प्रदेश सरकारले विपद व्यवस्थापनमा गरेको काम र चुनौती तथा समस्याबारे प्रकाश पार्नुभयो । उहाँले प्राकृतिक विपदबाट हुने क्षति न्युनिकरण गर्नु सबैको साझा दायित्व भएको बताउनु भयो ।
कार्यक्रममा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले विकासको नाममा जथाभावी सडक बिस्तार गर्दा विपदजन्य घटना बढेको बताउनु भयो । मन्त्री यादवले विपदको बारेमा एक अर्कामाथि दोषारोपण गर्ने प्रवृत्तिलाई हटाएर अघि बढेमात्रै आम नागरिकको चाहनालाई पूरा गर्नसक्ने बताउनु भयो । उहाँले प्रदेश सरकार अहिले प्रदेशका सबै जिल्ला अस्पताललाई सक्रिय र व्यवस्थित बनाएर अघि बढीरहेको बताउनु भयो । मन्त्री यादवले जिल्ला अस्पताललाई सम्बन्धित ठाउँमा व्यवस्थित गर्न सके विपद क्षेत्रलाई व्यवस्थापन गर्न सहयोग पुग्ने बताउनु भयो । उहाँले विपद व्यवस्थापनमा स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने कार्यमा सहयोग गर्न आफू प्रतिवद्ध रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी सबैले बुझेर पनि बुझपचाएका छौँ । विपदको बारेमा एकअर्कामाथि दोषारोपण गर्छौं । आफनो जिम्मेवारी पूरा गर्दैनौँ । प्रदेश सरकारले १४ जिल्लाकै जिल्ला अस्पताललाई सक्रिय र व्यवस्थित बनाउन लागिपरेको छु । एम्बुलेन्स र शव वाहनको व्यवस्थापन गर्ने कुरामा जोड दिएको छु । जिल्ला अस्पताललाई सम्बन्धित ठाउँमा व्यवस्थित गरे विपद क्षेत्रलाई व्यवस्थापन गर्न सहयोग पुग्छ । सडक बनाउने नाममा विकासको नाममा डोजर लगाउँदा विपद निम्तिरहेका छन । एउटा बाटो उपयुक्तका लागि बनाउनु पर्छ । विपद व्यवस्थापनमा स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने कार्यमा मेरो पूर्ण सहयोग गर्नेछ ।’
कार्यक्रममा प्रदेश १ को न्याय प्रशासन तथा विधायन समिति सदस्य एवं प्रदेश सभा सदस्य हिमादेवी बस्नेतले मानवसिर्जित प्रकोपको व्यवस्थापनमा प्रभावकारी रुपमा लाग्न नसकेको बताउनु भयो । उहाँले राहत वितरणमा एकदवार प्रणालीको अभाव रहेको र लामो प्रक्रियाका कारण पनि कतिपय समस्या सिर्जना भइरहेको बताउनु भयो । उहाँले राहतलाई प्रभावकारी रुपमा जनतासमक्ष पु¥याउन जरुरी रहेको भन्दै विपदका निर्णय गर्दा पीडितलाई समेत राखेर निर्णय गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले प्राकृतिक प्रकोपका मात्रै नभइ मानवसिर्जित प्रकोपलाई पनि कसरी व्यवस्थापन गर्ने भन्नेमा जनप्रतिनिधि र सरकारले सोच्ने बेला आएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पूर्व तयारीतर्फ हाम्रो ध्यान कम गएको छ । मानवनिर्मित प्रकोपको व्यवस्थापनमा प्रभावकारी रुपमा हामी लागि परेका छैनौँ । राहतका कुरामा एकदवार प्रणालीको अभाव छ । कानूनको कपिपेस्टले हामी बिग्रिएका छौँ । लामो प्रक्रियामा हामी जान्छौँ । लामो प्रक्रियामा गएर राहतलाई समयमा दिनुपर्ने कुरामा चुकेका छौँ । यसलाई ध्यान दिनुपर्छ । राहतलाई प्रभावकारी रुपमा जनतासमक्ष पु¥याउन सकेनौँ भने फाइलमा राखेर काम हुँदैन । यसमा हामी चुकेका छौँ । हामीले गरेका निर्णयमा विपदका क्षेत्रका पीडितलाई राखेर निर्णय गरियोस । कानून बनाउँदा पूर्व तयारीका कुरा राख्नुपर्छ । प्राकृतिक प्रकोपका मात्रै होइन, मानव निर्मित प्रकोपलाई पनि कसरी व्यवस्थापन गर्ने भन्नेमा सोच्नुपर्छ ।’
कार्यक्रममा प्रदेश १ को सार्वजनिक लेखा समितिका सभापति शिवनारायण गनगाईंले प्राकृतिक विपदपछि राहत दिने भन्दापनि विपद हुन नदिन तयारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्राकृतिक विपद न्युनिकरण गर्न जोखिम क्षेत्रको पहिचान गरेर राष्ट्रिय नीति बनाउनुपर्ने बताउनु भयो । उहाँले प्रदेशमा रहेका जोखिमयुक्त स्थानको पहिचान गरेर सम्भावित दुर्घटना हुन नदिने काम गर्नुपर्ने बताउनु भयो । सभापति गनगाईंले हरेक तहका सरकारले विपद न्युनिकरणका लागि काम गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मानव निर्मित प्रकोपले नागरिक ठूलो समस्यामा परेका छन । प्राकृतिक विपद भइसकेपछि मात्रै राहत गर्ने होइन, प्राकृतिक विपद हुन नदिन तयारी गर्नुपर्छ । खोलानालाका प्राकृतिक विपदका बारेमा विज्ञहरुले अनुसन्धान गर्नसक्छ, हामी त्यसको लागि कति व्यवस्थापन गरिरहेका छौँ भन्ने ठूलो कुरा हो । राहतमा पनि आम नागरिक ठगिएका छन । सरकारले घोषणा गरेका राहत समयमा पुग्न सक्दैन, जुन तत्काल दिनुपर्ने राहत हो । घोषणा गरिसकेपछि ठाउँमा पु¥याउनुपर्छ कि पर्दैन ? यो ठूलो कुरा हो । हामी विपदपछिका धनमाल जोगाउन तयारी गर्छौं तर जनधनको क्षति रोक्न के प्रयोग गरेका छौँ । क्षति हुनै नदिन के तयारी गरेका छौँ ? हामीले विपद न्युनिकरणका लागि काम गर्न आवश्यक छ । जोखिममा रहेका, पूर्व जानकारी रहेका कुरालाई समाधान गर्न बजेट व्यवस्थापन गर्नसक्ने की नसक्ने ? विपद व्यवस्थापनमा बजेट कम भएको छ । प्राकृतिक विपदलाई न्युनिकरण गर्न जोखिम क्षेत्रको पहिचान गरेर राष्ट्रिय नीति बनाउनु पर्छ । हामीले विपद व्यवस्थापन गर्न सकेमात्रै पनि मानवीय क्षति कम हुन्छ ।’
कार्यक्रममा प्रदेश १ को न्याय, प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुलीले विपद व्यवस्थापनका काम गर्नका लागि साधन श्रोतका हिसावले प्रदेश सभा कमजोर रहेको बताउनु भयो । उहाँले आर्थिक पक्ष मजबुत नभएसम्म दीर्घकालीन रुपमा समिति र प्रदेश सरकारले कुनैपनि काम सहज रुपमा गर्न नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विपद व्यवस्थापनका काम गर्नका लागि साधन श्रोतका हिसावले प्रदेश सभा कमजोर छ । प्रदेश सभा भित्रका समितिहरु कमजोर छन । हामीसँग जबसम्म श्रोत हुँदैन, आर्थिक पक्ष मजबुत हुँदैन, तबसम्म हामी केही पनि गर्न सक्दैनौँ ।’
उहाँले विपद न्युनिकरणका लागि सबै मिलेर काम गर्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले प्राकृतिक र मानव निर्मित विपदलाई न्युनिकरण गर्न तीन वटै तहका सरकारको समन्वयकारी भुमिका आवश्यक पर्ने बताउनु भयो । कार्यक्रममा विपद विज्ञहरुले उत्पादनमुलक क्षेत्रमा विपदबाट पर्ने जोखिमलाई न्युनिकरण गर्ने उपाय खोज्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै विपद विज्ञ रामचन्द्र न्यौपानेले शिक्षा र स्वास्थ्य विपद उत्थानशील भए÷नभएको बारेमा पनि अध्ययन, अनुसन्धान हुन जरुरी रहेको बताउनु भयो ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend