बासुदेब पौडेल
काठमाडौं । सद्भाव युवा समाज कतारले तीन जिल्लाका बाढीपहिरो पीडितलाई ९६ हजार रुपैयाँ सहयोग गरेको छ । अविरल वर्षाका कारण आएको बाढिपहिरोबाट देशले ठुलो जनधनको क्षती बेहोर्नुपरेको अवस्थामा सदभाव युवा समाजले पीडित परिवारलाई थोरै भए पनि राहत पुगोस भन्ने हेतुले तीन वटा स्थानीय निकायमा सहयोग गरेको हो ।
सदभाव युवा समाजले गुल्मी जिल्लाको ईस्मा गाउँपालिकालाई कतारी रियाल १००० , लमजुङको मर्स्याङ्दी गाउँपलिका ३ तरापु पल्लोटारिलाई कतारी रियाल १००० र म्याग्दी जिल्लाको मालिका गा.पा .विम र धौलागीरी गा.पा. मराङका पिडित घरपरिवारको सहयोगार्थ कतारी रियाल १००० गरि जम्मा ९६००० नेपाली रुपैयाँ सहयोग गरेको छ । युवा समाजले तीनै जिल्लामा स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा उक्त राहत वितरण कार्यक्रम सम्पन्न गरेको हो

सदभाव युवा समाज कतारले देशमा आइपरेका बिपतिमा सहयोग गर्दै आएको छ । मरुभूमिमा रोजगारीको सिलसिलामा कतारको एयरपोर्टमा काम गर्ने साथीभाइलाई आपत बिपत पर्दा सर- सहयोग गर्न सन् २००८ मा खोलिएको यस संस्थामा सदस्यहरुले आफ्नो पारिश्रमिकबाट समाज सेवालाई भनेर छुट्याएको रकमले यसरी देशमा आपत बिपतमा सहयोग गर्दै आएको संस्थाका बर्तमान अध्यक्ष गुणनिधि घिमिरेले बताउनु भयो । यो संस्था कतार एयरवेजमा काम गर्ने स्टाफहरुलाई आपत बिपतमा सहयोग गर्न भनि खोलिएको भए पनि हाल नेपालमा समेत सदभाव युवा समाजकै नाममा आधिकारिक रुपमा संस्था दर्ता गरि नेपालका अति बिकट ठाँउमा समेत गएर आँखा शिविर सन्चालनदेखि लिएर रक्तदान, गत वर्ष सन २०१९ मा रास्कोट सामुदायिक अस्पताललाई रु १० लाख २० हजार सहयोग गर्न सफल भएको छ ।
यसरी मरुभूमिमा बसेर पनि देशका हरेक आपत बिपतमा थोरै भए पनि टेवा पुर्याउन सफल भएको र भावी दिनमा पनि संस्थाले यस्तै आपत बिपतमा सहयोग जारी राख्ने कुरा संस्थाका संरक्षकहरु बाबुराम घिमिरे तथा पूर्ण मगर बताउनु हुन्छ ।

यो सहयोग रकम देख्दा सानो भए पनि भरुभूमिमा काम गर्ने नेपालीले आफ्नो खाजाको रकम कटेर समाजसेवाप्रति देखाएको योगदानप्रति सबैले सम्मान गर्नुपर्छ । आफ्नो ठाँउबाट जति सकिन्छ समाजसेवाका लागि छुट्याएर आपत बिपतमा सहयोग गर्न सके कोही पनि भोकै मर्नुपर्ने थिएन कि ?