Nepal Face
  • आइतबार, १० साउन २०८३
  • म्याग्दीका पहिरो पीडितको पुनस्थापनाका लागि प्रधानमन्त्रीसँग छलफल


    आइतबार, साउन १८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । म्याग्दीका पहिरो पीडितको पुनःस्थापनाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएको छ । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा र नेकपाका नेता प्रमोद श्रेष्ठले बालुवाटारस्थित निवासमा पुगेर प्रधानमन्त्री ओलीसँग पहिराबाट विस्थापितको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका विषयमा छलफल गर्नुभएको हो ।

    प्रधानमन्त्री ओली र विषयगत मन्त्रालयका मन्त्रीलाई भेटेर पहिराले पु¥याएको क्षतिको जानकारी गराउनुका साथै पुनःस्थापना र पुनःनिर्माणका लागि आवश्यक बजेट तथा योजनाको माग गरेको सांसद थापाले बताउनुभयो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, भौतिक योजनामन्त्री वसन्त नेम्बाङ र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई पनि भेटेर छलफल गरेको उहाँले बताउनुभयो ।

    सांसद थापाका अनुसार प्रधानमन्त्री ओलीले पहिरो पीडितको पुनःस्थापना र क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण गरी जनजीवनलाई सहज बनाउन सम्बद्ध मन्त्रालयमार्फत प्राथमिकताका साथ योजना तथा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिने प्रतिबद्धता जनाउनुभएको थियो ।

    पहिरो र बाढीका कारण म्याग्दीको धवलागिरि, मालिका, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा ३१ जनाको मृत्यु तथा चार जना बेपत्ता भएका छन् । जिल्लाभर ८८ वटा घरमा पूर्ण क्षति, ५२९ घर उच्च जोखिम र १४९ घर जोखिम भएर विस्थापित भएका छन् ।

    गत खअसार २६ गतेयताको पहिराका कारण म्याग्दीको उत्तरी क्षेत्र हँँुदै मुस्ताङ जोड्ने बेनी–जोमसोमलगायत ग्रामीण क्षेत्र जोड्ने सडक अवरुद्ध बनेको छ । वडा कार्यालय, विद्यालय, खानेपानी, स्वास्थ्य चौकी, सडक, सिँचाइ, पैदलमार्गमा पहिरोले क्षति गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार