काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायतका बाक्लो बस्ती भएका स्थानका ६० वर्ष माथि र १२ वर्ष मुनिकालाई घरमै बस्न आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले संक्रमणको उच्च जोखिम भएकाले यो उमेर समूहका व्यक्तिलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेका हुन्।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले थप सतर्कता अपनाउन आग्रह गरेको छ।
कोरोना संक्रमणको उच्च जोखिममा भएको र संक्रमणसँग लड्न सक्ने क्षमता तुलनात्मक रुपमा कम हुने भएकाले पनि यो उमेर समूहलाई उच्च जोखम रहेको मान्ने गरिएको छ। सोही कारण पनि सतर्कता अपनाउन आग्रह गरेको बताइएको छ ।