Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा थपिए ३१ कोरोना संक्रमित


    आइतबार, साउन १८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आइतबार काठमाडौं उपत्यकाामा ३१ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्ला दिनहरुमा उपत्यकामा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । 

    आज काठमाडौंका २२ जनामा, ललितपुरमा आठ जना र भक्तपुरका एकजना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  बताए । 

    यसरी भेटिएकामध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका ११ जना र ललितपुरका दुई जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका आठ जना, वीर अस्पतालमा काठमाडौंका एक जना संक्रमित भेटिएका हुन् ।

    यस्तै त्रिवि शिक्षण अस्पतालमा ललितपुरका एकजनामा, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका दुई जना, नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका एकजना र स्टार अस्पतालमा ललितपुरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको डा. जागेश्वर गौतमले जानकारी दिए ।

    आइतबार देशभर २ सय ४६ जना काेराेना संक्रमित भेटिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ जना पुगेको छ। 

    नेपालमा पछिल्लाे २४ घण्टामा १ सय ११ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १४ हजार ६ सय ३ पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ५ हजार ६ सय ७२ रहेको छ । 

    यस्तै आजसम्म कुल १० हजार ९ सय ३४ जना क्‍वारेन्टिनमा रहेका छन् । यस्तै आइतबार वीरगञ्जमा एक संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म संक्रमणबाट ५७ जनाको मृत्यु भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार