Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • काठमाडौंबाट फर्किएपछि कर्मचारीमा देखियो कोरोना


    आइतबार, साउन १८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी गत साउन २ देखि ८ सम्म काठमाडौं बसेर फर्किएका थिए । उनलाई काठमाडौंमा नै कोरोना लागेको हो कि पहिल्यै लागेको भन्ने खुलेको छैन । 

    उनी कार्यालयमा बिदा लिएर काठमाडौं आएका थिए । काठमाडौं बसाइमा उनले परिवारका सदस्य, आफन्त र अन्य गरी धेरै जनासँग भेटघाट गरेको समेत बताइएको छ । उनको ट्रेसिङ गर्ने काम भइरहेको जनाइएको छ ।

    कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिका कार्यालय तीन दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाका कर्मचारी र अन्य केही सम्पर्कमा आएका २६ जनाको स्वाब लिएर परीक्षणका लागि पठाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार