काठमाडौं । विभिन्न राजनीतिक पार्टीका नेताहरुले काँग्रेस नेता एवम प्रतिनिधिसभाका सदस्य स्व. प्रदीप गिरीको निधनबाट मुलुकमा अपूरणीय क्षति भएको बताएका छन् ।
आइतवार काँग्रेस केन्द्रीय कार्यालयमा राखिएको उहाँको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले नेता भीमबहादुर रावल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोलगायतका नेताहरुले प्रखर समाजवादी चिन्तक समेत रहनुभएका गिरीको निधन मुलुकका लागि ठूलो क्षति भएको बताएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले गिरीको बौद्धिक व्यक्तित्व र तर्कशीलता सबैका लागि प्रेरणाको स्रोत रहेको बताए । उनले राजनीतिकलाई जनता र राष्ट्रको सेवा गर्ने माध्यामको रुपमा लिनुपर्ने कुरालाई पनि गिरीबाट प्रेरणा लिन सकिने धारणा राखेका छन् ।
अध्यक्ष दाहालले गिरीको समाजवादी चिन्तनबाट सिकेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे । उनले भने–‘नेपालको राजनीति र सामाजिक रुपान्तरणको अभियानमा एउटा निकै ठूलो क्षति भएको मैले महसुस गरेको छु । उहाँ एउटा विशिष्ट प्रतिभासहितको समाजवादी चिन्तक हुनुहुन्थ्यो । उहाँले नेपाली समाजको रुपान्तरणको निम्ति काम गर्नुभयो । उहाँको वौद्धिक व्यक्तित्व र उहाँको तर्कशीलता हामी सबैको निम्ति प्रेरणाको स्रोतको रुपमा सदा रहने मैले विश्वास लिएको छु । उहाँको अभाव धेरै समयसम्म खडकी रहनेछ । हामीले उहाँको योगदानबाट प्रेरणा लिने र उहाँले समाजवादको निम्ति जेजस्ता चिन्तन गर्नुभयो, त्यसबाट शिक्षा लिएर अघि बढनुको विकल्प हामीसँग छैन । प्रदीप गिरीजीको व्यक्तित्वले हामी सबैलाई निःस्वार्थ समाजसेवामा समर्पित हुने र राजनीतिलाई फोहोरी खेल होइन, एउटा समाज सेवाको, जनता र राष्टको सेवा गर्ने माध्याम हो भन्ने प्रेरणा उहाँबाट लिनुपर्छ ।’
नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेता गिरीलाई एउटा बौद्धिक र लोकतन्त्रका लागि निरन्तर संघर्षरत योद्धाको रुपमा नेपाली समाजले सम्झिरहने बताए । कार्यकारी पद र प्रतिष्ठा नभए पनि नेताहरु सम्मानित हुन सक्छन भन्ने कुरा पनि गिरीले पुष्टि गर्नुभएको उनको भनाइ थियो । नेता रावलले भने ‘नेपाली काँग्रेसका नेता, प्रतिनिधिसभा सदस्य तथा बौद्धिक व्यक्तित्व प्रदीप गिरीजीले नेपाली राजनीतिमा निकै ठूलो छाप छोड्नुभएको छ । र, उहाँले जुन किसिमको आफ्नो सिद्धान्तमा अडिग भएर लोकतन्त्रका लागि काम गर्नुभयो । उहाँलाई एउटा बौद्धिक र लोकतन्त्रको लागि निरन्तर संघर्षरत योद्धाको रुपमा म स्मरण गर्छु ।’
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले स्वर्गीय नेता गिरीलाई देश र जनताप्रति समर्पित नेताको रुपमा चित्रण गरेका छन् । उनले गिरी सिद्धान्तनिष्ट र आदर्शवादी नेता भएको र उहाँको निधन मुलुकका लागि अपूरणीय क्षति भएको बताए । नेता महतोले भने–‘उहाँलाई देशले सदा सम्झिरहनेछ । यो अपूरणीय क्षति हो देशका लागि । उहाँ सिद्धान्तनिष्ट, आर्दशवादी नेता हुनुहुन्थ्यो सम्पूर्ण देश र जनताका लागि । उहाँले काँग्रेसको नेता भएपनि देश र जनताको हीतका लागि निर्भिकताका साथ विद्रोह गर्ने एक मात्रै नेता हुनुहुन्थ्यो ।’
नेता महतोले देश र जनताको हितका लागि काँग्रेस भित्रै पनि गिरीले पटक पटक बिद्रोह गरेको स्मरण गराए ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend