Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • ओली-प्रचण्ड छलफल सकियो, दुबै पक्ष आफ्नै अडानमा


    आइतबार, साउन १८ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पाँच दिनपछि भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेट सकिएको छ । आइतबार बिहान १० बजे सुरु भएको दुईबीचको छलफल ३ घण्टा चलेको थियो ।

    गत साउन १३ मा प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय ढंगबाट स्थायी समिति बैठक स्थगित गरेसँगै दुबै अध्यक्षबीच कुराकानी हुने सकेको थिएन । तर शुक्रबार प्रचण्डले ओलीका विश्वासपात्र नेकपा महासचिव विष्णु पौडेललाई बोलाएर कुराकानी गरेपछि आज दुई नेताबीच पाँच दिनपछि भेट सम्भव भएको हो ।

    तर पनि आजको छलफलमा दुबै पक्षले अडान दोहोर्‍याउने काम गरेको र आफ्नेो पक्षमा तर्क गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ। तर छलफल भने अब नरोक्ने र यसलाई निरन्तरा दिन दुबै पक्ष सहमत भएको स्रोतले दावी गरेको छ । सम्वादहिनताको अवस्थाले पार्टीमा नकारात्मक सन्देश गएको प्रचण्डले बताएपछि ‌ओलीले छलफललाई निरन्तरता दिन मानेको बताइएको छ । 

    अध्यक्ष प्रचण्ड पार्टीका अर्का वरिष्ठ नेता झलनाथ खनाललाई लिएर छलफलमा गएका थिए । प्रम ओलीले पनि आफ्ना विश्वासपात्र विष्णु पौडेललाई छलफलमा राखेका थिए । 

    पछिल्लो समय छलफलमा बोलाउँदै ओलीले गम्भीर कुराकानी नगर्ने अनि आफ्ना निकटस्थलाई हुँदै नभएको सहमति भएको हल्ला फैलाउने रणनीति लिएका छन् । यसका लागि प्रम सचिवालयका मान्छेहरु र ओली निकटस्थहरु प्रयोग गरिरहेको खुमलटार स्रोतले आरोप लगाएको छ । 

    सोहीकारण आजको छलफलमा प्रचण्ड एक्लै नगइ नेता झलनाथलाई साथै लगेको खुमलटार स्रोतले दावी गरेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार