काठमाडौं । निर्वाचन आयोगले सरकारको योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रमहरु सञ्चालन नगर्न तीन वटै तहको सरकारलाई निर्देशन दिएको छ ।
आयोगले प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम र सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ योजना तथा कार्यक्रमहरु सञ्चालन नगर्न संघ, प्रदेश र स्थानीय तहका सरकारलाई निर्देशन दिएको हो । निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकारको योजनामा नपरेका कार्यक्रमहरु सञ्चालन गर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पर्ने आयोगले जनाएको छ ।
आईतवार निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले पदावधि सकिन लागेका जनप्रतिनिधिले नयाँ काम गर्दा मतदातालाई प्रभाव पार्ने र निर्वाचनको निष्पक्षतामा प्रश्न उठने भएकाले निर्देशन जारी गरिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनिय र मितव्ययी रुपमा सम्पन्न गराउनुपर्ने महत्वपूर्ण संवैधानिक जिम्मेवारी निर्वाचन आयोगको हो ।
निर्वाचनको मिति घोषणा भइसकेको छ, मंसिर ४ गतेको लागि । मिति घोषणा भइसकेको सन्दर्भमा विशेषतः सरकारी पक्षबाट अथवा सरकारहरुबाट मतदातालाई अथवा निर्वाचनको निष्पक्षता र स्वतन्त्रतालाई प्रभाव पार्नेगरी कुनै पनि काम गर्न, गराउन हुँदैन भन्ने साझा मान्यता हो । यो विश्वव्यापी प्रचलन पनि हो । अहिले के देखिएको छ भने, समाचारहरु पनि आयो । त्यस्ताखालका गतिविधिहरु देखिए । जसअनुसार एक दिन अगाडी हामीले प्रदेश १ र गण्डकी प्रदेश सरकारलाई हामीले पूर्वाधार विकास कार्यक्रम लगायत नयाँ कार्यक्रमहरुको शुरुवात नगर्ने । किनकी अब पदावधि लामो छैन । पदावधि लामो नभएका जनप्रतिनिधिबाट वर्षभरी हुने कामहरुलाई अहिल्यै सबै योजनाहरु बनाएर गर्दा त्यसले मतदातालाई तत्काल प्रभाव पार्ने र निर्वाचनको निष्पक्षता र विश्वसनीयतामा प्रश्नचिन्ह खडा हुने भएको हुनाले यस्ता कामहरु नगर्न, नगराउन निर्वाचन आयोगले स्पष्ट निर्देशन दिएको हो ।’
सहायक प्रवक्ता अर्यालले बजेटमा उल्लेख भएका योजनाहरु भने नरोकिने स्पष्ट पार्नुभयो । निर्वाचनको स्वच्छता र पवित्रतालाई कायम गर्नमा आयोगको जोड रहेको उहाँको भनाई छ । निर्वाचन सबैको लागि समान प्रतिष्पर्धा गर्ने थलो भएको उल्लेख गर्दै उहाँले आयोगले पनि सबैलाई समान व्यवहार गरेको बताउनु भयो । उहाँले नयाँ कार्यक्रम तथा योजना बनाएर मतदातालाई प्रभावित पार्न कसैलाई नदिइने बताउनु भयो । उहाँले भन्नुभयो – ‘बजेटमा स्पष्ट परेका, उल्लेख भएका त्यस्ता योजनालाई रोकेको होइन । त्यो कार्यक्रम अन्तर्गत नयाँ कार्यक्रम, नयाँ परियोजना, नयाँ छनौट नगर्नुस मात्रै भनेको हो । अब समय छोटो छ ति कार्यक्रमले मतदातालाई प्रभाव पार्नसक्छ । मनशाय कसैको पनि गलत नहोस भन्ने आशयले निर्वाचनको स्वच्छता, पवित्रतालाई कायम गर्नलाई आयोगले जोड दिएर गरेको हो । सबैलाई समानखालको खेल मैदान हुनुपर्दछ, त्यो कायम गर्ने दायित्व, जिम्मेवारी आयोगको हो । त्यही कुरालाई मनन गरेर चाहे सत्तामा बस्ने हुन, चाहे विपक्षमा बस्ने हुन, चाहे स्वतन्त्र रुपले लडने जसलाई पनि अनुभुति के हुनुप¥यो भन्दा निर्वाचन सञ्चालन गर्ने निकायहरुले सबैप्रति समानखालको व्यवहार गरेको छ । र कसैलाई पनि प्रतिष्पर्धामा फाइदा पुग्ने, अथवा घाटा पुग्ने गरी आयोगले काम गरेको छैन । सबैलाई समानखालको अवसर उपलब्ध गराउने कुरामा आयोग दत्तचित्त भएर लागेको छ भन्ने अनुभुति दिनको लागि यस्ता खालका निर्देशन दिइएको हो ।’
निर्वाचन आयोगले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति तय गरेको छ । निर्वाचन तयारीका लागि आवश्यक कामहरु अघि बढिरहेको आयोगले जनाएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend