Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजनीतिक दलहरुलाई चुनाव लाग्यो, आज माओवादीदेखि कांग्रेसको असन्तुष्ट समूहकोे बैठक


    शनिबार, साउन २८ २०७९
    900
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । निर्वाचनको मिति घोषणासँगै राजनीतिक दलहरुको गतिबिधि बढेको छ । सत्तारुढ दलका नेताहरु दैनिक छलफलमा जुटेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले सत्ता घटकबीच चुनावी तालमेल भएमा कसरी निर्वाचनको सामना गर्ने भन्ने रणनीति जुटाउन केन्द्रीय कमिटी बैठकमा जुटेको छ ।

    सत्तारुढ दल नेपाली कांग्रेसमा पनि चुनावमा सीट कसरी बाँडफाँट गर्ने भन्नेबारेमा बहस र छलफल भइरहेको छ । सभापति शेरबहादुर देउवा पक्षले पार्टीका ५ वटा भातृसंगठनको नेतृत्व चयन एक्लौटी गरेको र चुनावमा अरु पार्टीसँग गठबन्धन गर्दा पनि एक्लौटी ढंगले गर्न खोजेको भन्दै संस्थापन इतर डा. शेखर कोइराला समूहको बैठक पनि आज बोलाएको छ ।

    देउवाको कार्यशैली यस्तै रहे समानान्तर गतिबिधि गर्नेसम्मको मनस्थितिमा शेखर कोइरालाहरु छन् । 
    सत्ता घटकबीच सिट भागबण्डाको बारेमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सुरु भएको छ ।  बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच चुनावी भागवण्डाको विषयमा छलफल भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार