काठमाडौं । निर्वाचनको मिति घोषणासँगै राजनीतिक दलहरुको गतिबिधि बढेको छ । सत्तारुढ दलका नेताहरु दैनिक छलफलमा जुटेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले सत्ता घटकबीच चुनावी तालमेल भएमा कसरी निर्वाचनको सामना गर्ने भन्ने रणनीति जुटाउन केन्द्रीय कमिटी बैठकमा जुटेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसमा पनि चुनावमा सीट कसरी बाँडफाँट गर्ने भन्नेबारेमा बहस र छलफल भइरहेको छ । सभापति शेरबहादुर देउवा पक्षले पार्टीका ५ वटा भातृसंगठनको नेतृत्व चयन एक्लौटी गरेको र चुनावमा अरु पार्टीसँग गठबन्धन गर्दा पनि एक्लौटी ढंगले गर्न खोजेको भन्दै संस्थापन इतर डा. शेखर कोइराला समूहको बैठक पनि आज बोलाएको छ ।
देउवाको कार्यशैली यस्तै रहे समानान्तर गतिबिधि गर्नेसम्मको मनस्थितिमा शेखर कोइरालाहरु छन् ।
सत्ता घटकबीच सिट भागबण्डाको बारेमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच चुनावी भागवण्डाको विषयमा छलफल भइरहेको छ ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend