Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विप्लवका मुद्दामा चार कम्युनिस्ट पार्टीको देशभर आन्दोलन


    शुक्रबार, साउन २७ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी खारेजीको माग गर्दै साना चार कम्युनिस्ट पार्टीहरुले देशभर आन्दोलन गर्ने भएका छन् । आज चार कम्युनिष्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । 

    जसमा नेकपाका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्टका महासचिव आहुति, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीको हस्ताक्षर रहेको छ । 

    उनीहरुले आगामी भदौ १ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने बताएका छन् । यसैगरी भदौ ४ गते विरोधसभा र काठमाडौँ उपत्यकाको माईतिघर मण्डलामा केन्द्रीय विरोधसभा हुने विज्ञप्तिमा उल्लेख छ । 

    उनीहरुले भदौ ६ गते देशव्यापी मसाल जुलुस र ७ गते नेपाल बन्द गर्ने घोषणा गरेका हुन् । देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालहरूमा संघर्ष गर्ने उनीहरुको भनाइ छ । सरकारले जनताका मुद्दाहरुको बेवास्ता गरेमा थप आन्दोलन चर्काउने चार कम्युनिस्ट पार्टीहरुले चेतावनी दिएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार