Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राखेप सदस्य सचिव घिसिङ भन्छन्ः नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुनेछ


    सोमबार, साउन २३ २०७९
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा कुनै द्विविधा नरहेको बताएका छन् ।  

    सदस्य सचिव घिसिङले मन्त्रिपरिषदले मिति तय गरेबमोजिम राखेप तयारीमा जुटिसकेको उल्लेख गर्दै गण्डकी प्रदेशवासीलाई समेत आफनो अपनत्व ग्रहण गर्नेगरी तयारीमा लाग्न आग्रहसमेत गरेका छन् । 

    नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले १३ औं साग सम्पन्न गरिसकेको पोखरामा धेरै भौतिक पूर्वाधार रहेको उल्लेख गर्दै विभन्न खेलस्थलको लागि आवश्यक मस्यौदासमेत प्राप्त भइसकेको र छिट्टै टुंगोमा पुगिने विश्वास समेत व्यक्त गरेका छन् । उनले असोज २८ देखि कात्तिक ३ सम्म राष्ट्रिय चाडको रुपमा रहेको प्रतियोगितामा ३६ खेलका ४ सय ७ इभेन्टमा खेल हुने जानकारी समेत दिएका छन् । विभिन्न ११ टिममध्ये कम्तीमा ४ टिमले भाग लिए मात्र सो खेल प्रतियोगिताको रुपमा गणना हुने पनि सदस्यसचिव घिसिङले स्पष्ट पारेका छन् ।
     
    सो अवसरमा उहाँले आगामी भदौ १५ सम्म सबै ११ वटै टिमले आफना खेलाडीको छनोट गरी राखेपमा पठाइसक्नुपर्ने बताएका छन् । प्रतियोगितामा एकलतर्फ प्रथम हुनेले २५ हजार तथा टिमतर्फ प्रथम हुनेले १५ हजार पुरस्कार प्राप्त गर्ने छन् । साथै राष्ट्रिय रेकर्ड भंग गर्नेले ५० हजार इनाम पाउनेछन् ।

     प्रतियोगिताको उदघाटन र समापन पोखरा रंगशालामै हुनेगरी तयारी भइरहेको सदस्य सचिव घिसिङले जानकारी दिएका छन् । प्रतियोगिताका लागि १० लाख रुपैयाँ बराबरको ट्रफी (सुनचाँदी जडित) बनाउने कार्य जारी रहेको र सो ट्रफी सातवटै प्रदेशमा पु¥याइने र अन्त्यमा जुन टिम च्याम्पियन हुन्छ उसैलाई हस्तान्तरण गरिने तयारी रहेको राखेपले जनाएको छ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार