Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानन्यायाधीमाथिको महाभियोग प्रस्तावमाथि छलफल सुरु


    आइतबार, साउन २२ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । महाभियोग प्रस्तावमाथि सांसदहरुले आ–आफ्ना धारणा राखिरहेका छन् । करिब साढे ५ महिनाअघि २०७८ फागुन १ मा दर्ता भएको महाभियोग प्रस्तामाथि संसदमा आज छलफल सुरु भएको छ । २०७८ फागुन १ मा ९५ सांसदले राणाबिरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए । 

    रााणमाथि सशस्त्र प्रहरी बलका पूर्व डीआइजी रन्जन कोइरालालाई उन्मुक्ति दिएकादेखि धेरै मुद्दामा सेटिङ गरी अरबौं भ्रष्टाचार गरेको, न्यायिक नेतृत्वमा अक्षम र असफल भएको, संवैधानिक नियुक्ति र मन्त्रिमण्डलमा भागबन्डा गरेको आरोप महाभियोगमा लगाइएको छ । उनीमाथि पेसी सूची (कजलिस्ट) मार्फत् मुद्दा सेटिङ, आफूअनुकूल फैसलाका लागि रोजाइको इजलास निर्धारण, बिचौलियासँग साँठगाँठ, शक्ति पृथकीकरणको सिद्धान्तलाई निस्तेज, न्यायाधीशबीच गुटबन्दी र न्यायमा बिचलन ल्याउने काम गरेको आरोप लगाइएको छ । 
    न्यायिक इतिहासमा पहिलोपल्ट प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै सबै न्यायाधीशले इजलास नै बहिस्कार गरेका थिए । त्यति हुँदा पनि उनले पदबाट राजीनामा नदिई जबर्जस्ती सर्वोच्च अदालतमा गएका थिए । महाभियोग दर्तापछि पनि उनले राजीनामा त दिएका छैनन् नै प्रधानन्यायाधीशको निवास बालुवाटार समेत कब्जा गरी बसेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार