काठमाडौं । आमरण अनसनमा बसेकी निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ । तीन दिनअघिदेखि आमरण अनशन सुरु गरेकी ‘कुमारी आमा’ निहारिका आइतबार न्याय माग्दै सर्वोेच्च पुगेकी थिइन् । सर्वोच्च अगाडिबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
निहारिका वसन्तपुरमा अनसन बसेकी थिइन् । बसन्तपुरमा अनसन बस्दा आफ्नो माग सुनुवाइ नभएपछि उनी सर्वाेच्च परिसर आएकी हुन् । दुई वर्षको छोरा च्यापेर आएकी उनलाई बच्चासहित प्रहरीले नियन्त्रणमा लिएको छ । बच्चसहित निहारिकालाई प्रहरी बृत्त सिंहदरवारमा लगिएको छ ।
पटक पटक अनसन बस्दा पनि सुनुवाइ नभएकाले निहारिकाले आफू अब न्यायका लागि ज्यान दिन तयार रहेको बताउँदै आएकी छन् ।