Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले झापा ५ मा ओलीसँग विश्वप्रकाश शर्मालाई चुनावी प्रतिस्पर्धामा उतार्ने


    आइतबार, साउन २२ २०७९
    950
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • झापा । आगामी मंसिर ४ मा हुने निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन हुने निश्चित जस्तै छ । सीट भागबण्डाका लागि सत्तारुढ दलहरुले कार्यदल गठन गरिसकेका छन् । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभामा जुन दलले जहाँ जहाँ जितेका छन्, त्यहाँ त्यहाँ सोही दलले भाग पाउने निश्चित छ ।

    सिन्धुपाल्चोक क्षेत्र नम्बर १ सभामुख अग्निप्रसाद सापकोटालाई छाड्न कांग्रेसका मोहनबहादुर बस्नेत तयार छैनन् । माओवादीका उम्मेदवार श्याम श्रेष्ठ कुशलले २ पटक जितेको रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ कान्छारामले पनि माओवादीलाई छाड्न मानिरहेका छैनन् । डोटीमा कांग्रेसका बीरबहादुर बलायरका कारण नेकपा समाजवादीका प्रेम आलेको ब्यवस्थापन गर्न कठिन छ । यी केही अप्ठेराका बाबजुद सत्तारुढ दलहरु चुनावी तालमेल गर्न गइरहेका छन् । 

    चुनावी तालमेल भएमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि क्षेत्र फेर्नुपर्ने भएको छ । झापाको क्षेत्र नम्बर १ झापाको क्षेत्र नम्बरमा माओवादी केन्द्रका राम कार्कीले जितेकाले त्यो क्षेत्रमा उनैलाई छाड्दा शर्मालाई अर्को क्षेत्रमा लानुपर्ने हुन्छ । महामन्त्री शर्मा झापाको क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाको उम्मेदवार हुने संभावना बढेको छ । जहाँ २०७४ मा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले दोब्बर भन्दा बढी मतले जितेका थिए । कांग्रेसका खगेन्द्र अधिकारीलाई दोब्बर भन्दा बढी मतले पराजीत गरेका ओलीका लागि २०७९ को चुनाव सहज देखिंदैन । विश्वप्रकाश झापा ५ मा उम्मेदवार भएमा ओलीलाई जित हासिल गर्न राप्रपाको सहारा लिनुपर्ने छ । 

    कांग्रेसकै जोडबलमा दमक नगरपालिकाको मेयरमा जितेका राम थापा एमालेसँग चुनावी तालमेल गर्ने पक्षमा छैनन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग ओलीले चुनावी तालमेल नगरेमा उनलाई जित्न सहज नभएको स्थानीय तहको निर्वाचन परिणामले नै प्रष्ट पारेको छ ।  

    एमाले दमक नगर इन्चार्ज बोधराज घिमिरे, नगर अध्यक्ष गेहनाथ पोखरेल, ओलीले १ अर्बको दमकको औद्योगिक क्षेत्रको जिम्मा दिएका गोविन्दबहादुर थापा, उनका दाजु होमबहादुर थापा, भिनाजु रोम ओलीहरुको अन्तर्घातका कारण दमक नगरपालिकामा एमाले हराउन थापालाई सहयोग नगरेका भने होइनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार