झापा । आगामी मंसिर ४ मा हुने निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन हुने निश्चित जस्तै छ । सीट भागबण्डाका लागि सत्तारुढ दलहरुले कार्यदल गठन गरिसकेका छन् । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभामा जुन दलले जहाँ जहाँ जितेका छन्, त्यहाँ त्यहाँ सोही दलले भाग पाउने निश्चित छ ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ सभामुख अग्निप्रसाद सापकोटालाई छाड्न कांग्रेसका मोहनबहादुर बस्नेत तयार छैनन् । माओवादीका उम्मेदवार श्याम श्रेष्ठ कुशलले २ पटक जितेको रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ कान्छारामले पनि माओवादीलाई छाड्न मानिरहेका छैनन् । डोटीमा कांग्रेसका बीरबहादुर बलायरका कारण नेकपा समाजवादीका प्रेम आलेको ब्यवस्थापन गर्न कठिन छ । यी केही अप्ठेराका बाबजुद सत्तारुढ दलहरु चुनावी तालमेल गर्न गइरहेका छन् ।
चुनावी तालमेल भएमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि क्षेत्र फेर्नुपर्ने भएको छ । झापाको क्षेत्र नम्बर १ झापाको क्षेत्र नम्बरमा माओवादी केन्द्रका राम कार्कीले जितेकाले त्यो क्षेत्रमा उनैलाई छाड्दा शर्मालाई अर्को क्षेत्रमा लानुपर्ने हुन्छ । महामन्त्री शर्मा झापाको क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाको उम्मेदवार हुने संभावना बढेको छ । जहाँ २०७४ मा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले दोब्बर भन्दा बढी मतले जितेका थिए । कांग्रेसका खगेन्द्र अधिकारीलाई दोब्बर भन्दा बढी मतले पराजीत गरेका ओलीका लागि २०७९ को चुनाव सहज देखिंदैन । विश्वप्रकाश झापा ५ मा उम्मेदवार भएमा ओलीलाई जित हासिल गर्न राप्रपाको सहारा लिनुपर्ने छ ।
कांग्रेसकै जोडबलमा दमक नगरपालिकाको मेयरमा जितेका राम थापा एमालेसँग चुनावी तालमेल गर्ने पक्षमा छैनन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग ओलीले चुनावी तालमेल नगरेमा उनलाई जित्न सहज नभएको स्थानीय तहको निर्वाचन परिणामले नै प्रष्ट पारेको छ ।
एमाले दमक नगर इन्चार्ज बोधराज घिमिरे, नगर अध्यक्ष गेहनाथ पोखरेल, ओलीले १ अर्बको दमकको औद्योगिक क्षेत्रको जिम्मा दिएका गोविन्दबहादुर थापा, उनका दाजु होमबहादुर थापा, भिनाजु रोम ओलीहरुको अन्तर्घातका कारण दमक नगरपालिकामा एमाले हराउन थापालाई सहयोग नगरेका भने होइनन् ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend