Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा बैठक आज ११ बजे बस्दै, चोलेन्द्रविरुद्धको महाभियोग माथि छलफल हुने


    आइतबार, साउन २२ २०७९
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभाको बैठक आज आइतवार पनि  बस्दै  छ ।प्रतिनिधि सभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा विहान ११ बजे बस्नेछ ।

    आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाअभियोगबारे छलफल हुने उल्लेख छ । 

    गत फागुन १९ गते संसदमा प्रधानन्यायाधीश जबरामाथिको महाभियोग दर्ता भएपनि उनी निलम्बनमा रहेका छन् । त्यसयता महाभियोगको प्रस्तावमाथिको छलफल अघि बढ्न सकेको थिए ।
     यस्तो छ आज बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची

    Screenshot (169).png

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार