Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गठबन्धनका दलले एउटै चुनाव चिन्हबाट निर्वाचनमा लड्न पाउने


    शुक्रबार, साउन २० २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।अब आउने  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा २ वा सो भन्दा बढी दलले एउटै निर्वाचन चिन्हमा लड्न पाउने भएका छन् ।

    निर्वाचन आयोगले दल दर्ताका लागि सूचनामा आह्वान गर्दै यस्तो जानकारी दिएको हो । गत वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गरेर निर्वाचनमा केही उम्मेदवार उठाएका थिए ।
    महानगर र उपमहानगरमा सत्ता गठबन्धनबीचमा तालमेल भएको थियो भने एमालेले पनि भरतपुर महानगरपालिका लगायत केही क्षेत्रमा तालमेल गरेको थियो। अहिले पनि सत्तारुढ पाँच दलीय गठबन्धनले मिलेर निर्वाचनमा जाने सहमति पनि गरेका छन् ।
    आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम २ वा सोभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१३ बमोजिमको ढांचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार