काठमाडौं । नेपाल प्रहरीले ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ ।
शुक्रबार निकालिएको डीएसपीको काजसरुवामा जिल्ला इन्चार्ज पाउनेहरुमा वीरेन्द्र गोदार संखुवासभा, रविन्द्रनाथ पौडेल मुस्ताङ, प्रकाश श्रीमल लमजुङ, मंजिल मुकारुङ खोटाङ, मुकुन्दप्रसाद रिजाल अर्घाखाँची, मधुसुदन न्यौपाने पर्वत, प्रेमबहादुर शाही बैतडी, शरतकुमार थापा क्षेत्री भोजपुर, जयश्वर रिमाल कालिकोट, जागेश्वर भण्डारी बझाङ छन् ।
त्यसैगरी काठमाडौंका बृत्तको इन्चार्ज पाउनेहरुमा निशान्त श्रीवास्तव नयाँबानेश्वर, कोपिला चुडाल दरबारमार्ग, रविन बिष्ट बालाजु, राजकुमार श्रेष्ठ जगाती, संजीवबाबु खड्का गौशाला, गोविन्द पुरी सिंहदरवार, हरिबहादुर बस्नेत बौद्ध, गणेशबहादुर बम लैनचौर, अंगुर जीसी महाराजगंज, तर्कराज पाण्डे मालीगाउँ र रेशम बोहरा पर्यटक प्रहरी छन् ।
सरुवा सूची