Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकैदिन ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


    शुक्रबार, साउन २० २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा ३८३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७० जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार ५ हजार ५८७ जना होम आइसोलेसनमा रहेका छन् भने १७३ जना संस्थागत आइसोलेसन र ४२ जना आईसीयूमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार