काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले नेत्री रेणु यादवलाई कार्यकारिणी समिति र राजनीतिक समितिबाट हटाएको छ । वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकमा उनले राजीनामा दिएको घोषणा गर्दै पार्टीको कुनै भूमिकामा नरहेको बताएकी थिइन् ।
जसअनुसार पार्टीले उनलाई कार्यकारिणी र राजनीतिक समितिबाट हटाएको हो । तर उनको नाम केन्द्रीय समितिमा भने कायम छ । ४६६ सदस्यीय केन्द्रीय समितिमा उनको नाम ३०१ नम्बरमा रहेको छ । जसपाबाट डा.बाबुराम भट्टराई अलग भएपछि उनका पक्षमा रहेका केन्द्रीय सदस्यहरुलाई हटाएर अध्यक्ष उपेन्द्र यादवले ४६६ सदस्यीय केन्द्रीय समिति बनाएका छन् । केन्द्रीय समिति पुनर्गठन गर्दा त्यसमा केही नयाँ नाम थप गरिएको छ । यसअघि ४९९ सदस्य केन्द्रीय समिति थियो ।
कार्यकारिणी समिति ३४ सदस्यीय थियो । अहिले बाबुराम पक्षका नेता र रेणु यादव समेतलाई हटाएर २२ सदस्यीय बनाइएको छ । त्यस्तै, केन्द्रीय समितिको बैठकमा विधानमा भएको व्यवस्था अनुसार १५१ सदस्यीय राजनीति समिति गठन गरिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend