Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनशन बस्न सिंहदरबार दक्षिण गेट पुगेकी निहारिका बच्चासहित प्रहरी नियन्त्रणमा


    शुक्रबार, साउन २० २०७९
    3.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । न्याय नपाएको भन्दै कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतलाई प्रहरीले सिंहदरबार दक्षिण गेटबाट नियन्त्रणमा लिएको छ ।

    आफूले न्याय नपाएको भन्दै अनशन बस्नका लागी सिंहदरबार दक्षिण गेट पुगेकी  निहारिकालाई पुग्ने वित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो ।

    अहिले राजपुतलाई सिंहदरबार वृत्त अनामनगर लगिएको छ । 

    सिंहदरबार वृत्त अनामनगर लगिएकी राजपुतलाई प्रहरीले सिंहदरबार अगाडि र माइतीघरमा अनशन बस्न नपाउँदै भन्दै वसन्तपुर पुर्याएको    छ ।

    राजपुतले भने आफू सिंहदबार दक्षिण गेट अगाडि नै अनशन बस्ने बताएकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार