Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाघको छालासहित कैलालीमा चार जना पक्राउ


    शुक्रबार, साउन २० २०७९
    865
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले कैलालीको गोदावरी नगरपालिकाबाट बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ। बिहीबार मध्यराति बैतडीको डिलासैन गाउँपालिका–०२ बस्ने राजेन्द्र सिंह भण्डारीसहित चार जना पक्राउ परेका हुन्। 

    डोटीको जोरायल गाउँपालिका–२ बस्ने समिर ओलीले चलाएको बोलेरो जिपको बिचको सिटमा रहेको सेतो प्लाष्टिक बोराभित्र बाघको छाला एक थान र हड्डीहरु फेला परेको कैलाली प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए।

    प्रहरीले चालक आलेसहित चुरे गाउँपालिका–६ बस्ने टेक बहादुर रावत र धिरेन्द्र रावतलाई समेत पक्राउ गरेको छ।

    अत्तरियातर्फ अवैध किसिमको बाघको छाला ओसार–पसार भइरहेको छ भन्ने विषेश सूचनाको आधारमा  प्रदेश प्रहरी अनुसन्धान समूह (आरआईटी) र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका–२, तेघरीस्थित खानेपानी ट्याङ्की नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो।

    बुडरबाट धनगढीतर्फ आएको सुपप्र ०४–००१ च ०००६ नम्बरको बोलेरो जिप रोक्न खोज्दा तत्काल नरोकेकोले शंका लागि जिपको पिछा गरि रोकेर हेर्दा बाघको छाला र हड्डी भेटिएको डीएसपी जोशीले बताए।

    ‘ओलीले बुडरबाट बोलेरो जिप चलाई ल्याई छाला र हड्डीसहित अत्तरियातर्फ बिक्री गर्ने उद्देश्यले ल्याउन लागेको खुलेको छ’, उनले भने। 

    प्रहरीले उनीहरूको साथबाट बाघको टाउकोदेखि पुच्छरसम्म चार फिट सात इन्च, पुच्छरको लम्बाई तीन फिट दुई इन्च, चौडाई दुई फिट दुई इन्च भएको छाला र हड्डी दुई किलोग्राम बरामद गरेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार