काठमाडौं । आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा ढकालका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको राजस्व चुहावट र भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा विशेष अदालतले हेर्दाहेर्दैमा राखेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको संयुक्त इजलासले २०७९ साउन १७ गते शर्माको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दा साउन १८ मै टुंगिने र शर्माले सफाइ पाउने चर्चा थियो । विशेष अदालतका रजिष्टार अशोककुमार क्षेत्रीले उक्त मुद्दामा शर्मासँग सेटिङ गरिसकेको स्रोतले बताएको छ । क्षेत्री र शर्माबीच पटक पटक डिल भइसकेकाले उनले सफाइ पाउने निश्चित थियो । तर यसबीचमा रजिष्टार क्षेत्रीले विशेष अदालतका हरेक मुद्दामा सेटिङ गरेको समाचार सार्वजनिक भएसँगै शर्माको मुद्दा अन्योलमा परेको छ ।

२०७१ सालमा लुम्बध्वज महतको अध्यक्षतामा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मा सदस्य सचिव र उमेश ढकाल सदस्य रहेको कर फस्र्योट आयोगले २१ अर्ब रुपैयाँ कर मिनाहा गरी राज्यकोषमा नोक्सानी भएको प्रतिवेदन महालेखा परीक्षकको ५४ औं प्रतिवेदनमा उल्लेख गरिएको थियो । कर फस्र्यो आयोगको समग्र फाइल नै अध्ययन नगरी अख्तियारले केही सीमित फाइलमाथि मात्रै अनुसन्धान गरेर यसरी मुद्दा दायर गरेको थियो ।
आयोगका तीन पदाधिकारीले राज्यकोषमा जम्मा हुनुपर्ने ३० अर्ब ५२ करोड रुपैयाँ करको हिसाबकिताब गरी ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै कर असुल्ने निर्णय गरेका थिए । उक्त निर्णयबाट राज्यकोषमा २० अर्ब ९८ करोड रुपैयाँ सोझै नोक्सान पुगेको ठहर महालेखाले गरेको थियो । शर्माका बिरुद्ध कर फस्र्योटमा भ्रष्टाचार गरेको र अकूत सम्पत्ति आर्जन गरेका तीन वटा मुद्दा अख्तियारले दायर गरेको छ ।
घुस लिंदै भ्याटसमेत मिनाहा गरी राज्यकोषमा २१ अर्ब नोक्सानी पुर्याउने शर्मालाई सफाइ दिनेगरी क्षेत्रीले सेटिङ गरिसकेको स्रोतले बताएको छ । राष्ट्रिय गौरबको सिक्टा सिंचाई आयोजनामा भएको नांगो भ्रष्टाचारमा समेत ठेकेदार विक्रम पाण्डे र परामर्शदाता कम्पनी इआरएमसीका उद्धवराज चौलागाईले सफाइ पाइसकेका छन् ।
यसरी ठूला भ्रष्टाचारमा अख्तियारले दायर गरेका मुद्दामा सबै डिल गर्ने काम रजिष्टार क्षेत्रीले गर्दै धमाधम सफाइ दिन थालिएको छ । न्यायाधीशको टीम राम्रो भए पनि रजिष्टारको सेटिङ यस्तो छ कि फाँटवालादेखि न्यायाधीशसम्म उनीसँग डराउने माहौल रहेको छ । सेटिङ गर्न नसक्ने र नचाहनेहरुको मुद्दा प्रक्रिया अगाडि बढेर फैसलाको पर्खाईमा भए पनि रजिष्टार क्षेत्रीले पुनः सुन्यमा पुर्याएर दुःख दिने गरेको आरोप छ ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend