Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभाको कार्यकाल मंसिर २१ सम्म रहने छ : प्रमुख निर्वाचन आयुक्त


    बिहिबार, साउन १९ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाका सदस्यहरुको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने बताएको छ ।

    यस विषयमा सरकारलाई सिफारिस गरिसकेको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

    आज आयोजित पत्रकार सम्मेलनमा थपलियाले सरकारलाई आयोगले दिएको ५ पृष्ठको सिफारिसमा पदावधिको विषय उल्लेख भएको स्पष्ट पारे ।

    संविधान र कानूनअनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुने व्यवस्थालाई टेकेर २१ गते पदावधि समाप्त हुने भनि लिखितरुपमा गरिएको सिफारिसलाई सरकारले स्वीकार गरेको थपलियाले जनाए ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार