काठमाडौं । सरकारले प्रशासन र लेखापरीक्षणतर्फ गरेर २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ सहसचिव डा.दीपक काफ्ले र लेखापरीक्षणतर्फ सहसचिव बिन्दु बिष्टलाई सचिवमा बढुवा गरेको हो ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त २ सचिवमा बढुवाका लागि ४ जना सहसचिवको नाम सिफारिस गरेको थियो ।
समितिले प्रशासनतर्फ रिक्त एक सचिवमा बढुवाका लागि ३ जना सहसचिवको नाम र लेखापरीक्षणतर्फ रिक्त एक सचिव बढुवाका लागि एक जनाको मात्रै नाम सिफारिस गरेको थियो ।
प्रशासनतर्फ सचिव बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा पहिलो नम्बरमा काफ्ले, दोस्रो नम्बरमा नारायण शर्मा र तेस्रो नम्बरमा दिनेश घिमिरे सिफारिस भएका थिए । लेखापरीक्षणतर्फ सचिव बढुवाका लागि ज्येष्ठताका आधारमा विष्टको मात्रै नाम सिफारिस भएको थियो ।
मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ पहिलो नम्बरमा सिफारिस भएका काफ्लेलाई नै सचिवमा बढुवा गरेको छ । लेखापरीक्षणतर्फ ज्येष्ठताका आधारमा एकल सिफारिस भएका बिष्टलाई बढुवा गरेको हो ।
काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । विष्ट महालेखापरीक्षकको कार्यालयमा नायब महालेखापरीक्षकको जिम्मेवारीमा छिन् । उनी कार्यालयकी प्रवक्ता समेत हुन् ।
प्रशासनतर्फ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने साउन १२ गतेदेखि अनिवार्य अवकाशमा गएपछि एक सचिव रिक्त भएको थियो । लेखापरीक्षणतर्फ महालेखा परीक्षकको कार्यालयमा कार्यरत उप–महालेखापरीक्षक रामुप्रसाद डोटेल पनि साउन १२ गते नै अनिवार्य अवकाशमा गएपछि एक पद रिक्त भएको थियो ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend