Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सीट बाँडफाँडको मोडालिटी बनाउन शुक्रवार सत्ता गठबन्धनको बैठक बस्दै


    बिहिबार, साउन १९ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता गठबन्धनको बैठक शुक्रबार विहान प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेपछि पाँच दलीय गठबन्धनमा बैठक बस्न लागेको हो । 

    सत्ता गठबन्धनको बैठकमा सीट बाँडफाँडको मोडालिटी बनाउने विषयमा छलफल हुने जनाईएको छ ।

    भागवण्डाको विषयमा शिर्ष नेताहरु आफ्नो धारणा राख्ने भएका छन् । त्यस बमोजिम नै सिटको टुंगो लाग्ने भएको छ । सीट बाँडफाँड गर्ने विषयमा शिर्ष नेताहरुले कार्यदल बनाएर मोडालिटी तयार गर्ने तयारी गरेका छन् ।

    सीट बाँडफाँडसँगै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति ,सभामुख, उपसभामुखलगायत राजकीय पदमा समेत एउटा समझदारी बनाउने तयारी गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार