Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मनोनयन दर्ता गरेको दिन प्रतिनिधि सभा समाप्त हुन्छ: सञ्चारमन्त्री कार्की


    बिहिबार, साउन १९ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभाका सदस्यहरू, सभामुख र उपसभामुखले आफ्नो निर्वाचनको निम्ति उम्मेदवारीका लागि मनोनयन दर्ता गरेको दिन प्रतिनिधि सभा समाप्त हुने बताएका छन् ।

    प्रतिनिधि सभाको कार्यकालका विषयमा छलफल भइरहेको बेला उनले यस्तो बताएका हुन् ।

    ‘छलफल चलिराखेका छन्’, कार्कीले भने, ‘सामान्यत: हाम्रो बुझाइ के छ भने जुनबेलाका प्रतिनिधि सभाका सदस्यहरूले, सभामुखले र उपसभामुखले आफ्नो निर्वाचनको निम्ति उम्मेदवारीका लागि मनोनयन दर्ता गर्नुहुन्छ त्यो दिन समाप्त हुन्छ भन्ने बुझाइ छ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार