Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारद्धारा वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त


    बिहिबार, साउन १९ २०७९
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

    कार्यकारी अधिकारीले पदीय जिम्मेवारी पूरा गर्न नसकेको, नेतृत्व क्षमता, व्यवस्थापकीय सीप र पद अनुकूलको आचरण प्रदर्शन गर्न नसकेको, गोपनीयता भंग गरेको र निगमलाई वित्तिय हानीनोक्सानी पुर्याएकाले नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ को उपदफा ३ र ४ बमोजिम अधिकारीलाई पदबाट हटाइएको हो ।

    अधिकारीमाथि भ्रष्टाचारको आरोपमा पर्यटन सचिव महेश्वर न्यौपानेको संयोजत्वमा छानविन समिति गठन भएको थियो । उक्त समितिले मन्त्रिपरिषदलाई प्रतिवेदन बुझाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार