Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • चालु अधिवेशनबाटै प्रधानन्यायाधीशविरुद्धको महाभियोगमाथि छलफल अघि बढ्छ : उपसभामुख भुसाल


    बिहिबार, साउन १९ २०७९
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग संसदको यही अधिवेशनमा अघि बढ्ने बताएकी छिन्। 

    उनले महा अभियोगको विषयलाई संसदबाट नै विशेष छलफल गरेर अघि बढ्न आवश्यक रहेको बताइन्।

    उनले प्रतिनिधि सभाको आगामी बैठकमा महा अभियोगको कार्यसूची राख्ने र संसदमा छलफल गरी महाअभियोग समितिमा संसदबाट प्राप्त सुझाव महाअभियोग समितिमा पठाउने बताइन्।

    उपसभामुख भुसालले संसदबाट प्राप्त सुझावका आधारमा निलम्बित प्रधानन्यायाधीश जबरा बिरुद्धको महाअभियोग अघि बढाउन आवश्यक रहेको बताइन्। 

    जबरा बिरुद्धको महा अभियोगका लागि समिति गठन भइसकेको भन्दै उनले समितिले आफ्नो काम शुरु गर्नुपूर्व नै संसदमा यसमाथि छलफल गर्न आवश्यक रहेको बताइन्।

    उनले संसदमा प्राप्त सुझावलाई समितिमा पठाउनका लागि पनि महा अभियोगलाई कार्यसूचीमा राखेर छलफल गर्न आवश्यक रहेको बताइन्। उनले निलम्बित प्रधानन्यायाधीश जबरा बिरुद्धको महाअभियोग समितिबाट जति चाँडो संसदमा आउँछ त्यति नै छिटो यो विषयको टुंगो लाग्ने बताइन्।

    उपसभामुख गौतमले आगामी निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिनसम्म संसदको आयु रहने बताए। उनले संविधानले सभामुख र उपसभामुखको मात्रै म्यादको कुरा गरेकोले सभामुख र उपसभामुख संसदबाटै उत्पत्ति हुने भएकोले सोहीअनुसार नै संसदको आयु रहने बताइन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार