काठमाडौं । झण्डै डेढ दशक देखि मधेसी दलमा आबद्ध भइ वीरगन्जमा सकृय राजनीति गर्दै आएकी रम्भा मिश्रा , नेपाली काँग्रेसमा प्रवेश गरेकी छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एंव काँग्रेस सभापति शेर बहादुर देउवाको हातबाट टिका र खादा लगाएर मिश्रा काँग्रेसमा प्रवेश गरेकी हुन् ।त्यस अवसरमा काँग्रेस केन्द्रिय सदस्य अजय चौरसीया , महाधिवेशन प्रतिनिधी ओमकृष्ण लामिछाने लगायतका नेताहरुको पनि उपस्थिती रहेको थियो ।
लेसपाकी पूर्व नेतृ समेत रहेकी मिश्रा , गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट वीरगन्ज महानगरपालिकाको उपमेयरमा चुनाव लडेकी थिइन् । त्यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि उनि तत्कालीन राजपाबाट वीरगन्ज महानगरकै उपमेयरमा उम्मेदवार बनेकी थिइन् ।
मधेस आन्दोलनकै बेला देखि महन्थ ठाकुर नेतृत्वको दलमा आबद्ध रहदै वीरगन्जमा सकृय राजनीति गर्दै आएकी मिश्राले मधेसी दलले पार्टीका लागि मरिमेट्ने महिला नेतृलाइ अवसरका बेला उपेक्षा गर्दै आएको भन्दै असन्तष्टि जनाउदै आएका थिइन् ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend