Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोसी ब्यारेज निरीक्षण गर्न बिहारका सिँचाइमन्त्री संजय झा सुनसरीमा


    बिहिबार, साउन १९ २०७९
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतको बिहारका जल संसाधन (सिँचाइ) मन्त्री सन्जयकुमार झा कोसी ब्यारेजको निरीक्षण गर्न सुनसरीमा आएका छन् । निरीक्षणको क्रममा उनले सुनसरीमा रहेको कोसीको पूर्वी तटबन्ध अवलोकन गरेका छन् ।

    कोसी नदी ओभरफ्लो भइ उदयपुरको बेलका नगरपालिका डुम्रीबोटेमा रहेको मानव बस्तीमा नै प्रवेश गरिरहँदा छिमेकी देश भारतको बिहारका मन्त्री झा नेपाल आएका हुन् । बिहारका सिँचाइ मन्त्रालय अन्तर्गत र कोसी योजना अन्तर्गतका कर्मचारीहरू उनको टोलीमा छन् ।

    सप्तरीका प्रजिअ जनार्दन गौतमका अनुसार उनी सप्तरी पनि पुग्न सक्ने भएकाले सप्तरीको पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    नेपालको पूर्वी पहाडी क्षेत्रमा क‍ेही दिनदेखि नै अविरल वर्षासँगै कोसीको बहाब बढ्दा सुनसरी, सप्तरी, उदयपुर लगायत जिल्लाका बासिन्दा प्रभावित भएका छन् । कोसीको बाढी बस्तीमा प्रवेश गर्न थालेपछि ठूलो संख्यामा मानिसहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् ।

    हरेक वर्ष कोसीमा आएको बाढीका कारण भारतको बिहारका बासिन्दाहरू पनि प्रभावित हुने गरेका छन् ।

    नेपालमा भने पछिल्लो केही दिनयता कोसीको बहाब बढेपछि ब्यारेजमा रहेका ५६ मध्ये ४६ वटा गेट खुला गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार