Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चिनियाँ नागरिक अपहरण गरी १ करोड फिरौती माग्ने ६ जना पक्राउ


    बिहिबार, साउन १९ २०७९
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  एकजना चिनियाँ नागरिकलाई अपहरित गरि १ करोड रुपयाँ फिरौती मागेको आरोपमा ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको छ ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले चिनियाँलाई बुधवार बेलुका अपहरण गरेर नयाँ बसपार्कमा लगेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको बताएका छन् ।

    अपहरणकारिहरुले एक करोड रुपैयाँ फिरौती माग गरेको बताइएको छ । 

    पक्राउ गरिएका ६ जनालाई म्याद थप थप गरेर थप अनुसंधान गरिने एसएसपी बोहोराले बताएका छन् ।

    पक्राउ पर्नेहरु सबै नेपाली नागरिक नै भएको बोहराले जनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार