काठमाडौं । मन्त्रिपरिषदको आजको बैठक नियमित नै हो । तर आजको बैठकलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो १ बजे बोलाएको मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा गर्ने संभावना छ ।
बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा मंसिर ४ मा चुनाव गर्ने सहमति भएको थियो । त्यही सहमति अनुसार आजको मन्त्रिपरिषद बैठकले निर्वाचनको निर्णय गर्दैछ ।
आजको मन्त्रिपरिषद बैठकले केही सचिवहरुको हेरफेर गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उपराष्ट्रपति कार्यालयको सचिव पद रिक्त छ । अर्थमन्त्रालयका सचिव मधुप्रसाद मरासिनी र मन्त्री जनार्दन शर्माबीचको मनमुटावका कारण उनलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिने भएको छ ।
राष्ट्रपति कार्यालयका कृष्णबहादुर राउतलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा उद्योगमा सरुवा गरिने संभावना छ । अर्थमन्त्रालयको सचिवमा उद्योग सचिव अर्जुनप्रसाद पोखरेल, राष्ट्रिय योजना आयोगका केवलप्रसाद भण्डारी र संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुन्ठ अर्यालको नाम चर्चामा छ । पर्यटनमा संघीय मामिला मन्त्रालयका सुरेश अधिकारी सरुवा हुने पक्कापक्की भए पनि उद्योग, संचार, अर्थको लागि भने सचिवहरुको दौडधूप जारी छ । प्रदेशका सचिवहरु बागमतीका मुकुन्द निरौला संचारमा आउने चर्चा छ । लुम्बिनीका डिल्लीराम शर्मा र सुदूरपश्चिमका रामेश्वर दंगाल पनि सरुवाको दौडमा छन् ।
प्रदेश नम्बर १ का प्रमुख सचिव विनोदप्रकाश सिंह त गृहमन्त्रालयमै सरुवा हुने दाउमा लागेका छन् । प्रधानमन्त्री देउवाको भेगकै भएकाले उनी गृहसचिव हुने खेलमा लागेका छन् । गृहसचिवका लागि कृष्णहरि पुस्कर समेत लागेका छन् । उनी सचिव बढुवा हुनासाथ गृहमा पदस्थापन हुन्छु भने पनि राजस्व सचिवमा भएका थिए ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend