Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्रोत नखुलेको ५० लाख रुपैयाँसहित घ्याल्चेन पक्राउ, हुन्डीको आशंका


    बिहिबार, साउन १९ २०७९
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अबैध हुन्डी कारोबार बढिरहेको छ । कपनको भृकुटी चोकबाट हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा एकजनालाई प्रहरीले बुधवार राति पक्राउ गरेको छ ।  २४ वर्षीय धावा घ्याल्चेनलाई हुन्डी कारोबारको आशंकामा प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरी वृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले उनलाई ५० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

    गोरखा चुमनुव्री गाउँपालिका घर भएका र हाल काठमाडौं तीनचुली बस्ने धावा घ्याल्चेनको साथबाट बरामद भएको ५० लाख रुपैयाँको स्रोत खुल्न नसकेको प्रहरीले जनाएको छ । 

    बुधबार साँझ भृकुटीचोक सडकखण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको ३२ लाख र घ्याल्जेनको कोठामा समेत जाँच गर्दा १७ लाख ५० हजार गरी  ४९ लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । 

    पक्राउ परेका घ्याल्चेनले प्रहरीसँग बयानमा भने आफ्ना नाताले काका पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र काकाले उताबाट पैसा पठाउने गरेको बताएका छन् । हुन्डीको रकम भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार