Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ३० हजार घुससहित आन्तरिक राजस्वकी कम्प्युटर अधिकृत पक्राउ


    बुधबार, साउन १८ २०७९
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आन्तरिक राजस्व कार्यालय लाजिम्पाटमा कार्यरत एक कर्मचारी घुससहित पक्राउ परेकी छिन् । आन्तरिक राजस्व कार्यालय लाजिम्पाटकी कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान ३० हजार घुस रकमसहित पक्राउ परेकी हुन्। 

     आज बुधबार  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रेष्ठलाई  कार्यालय परिसर लाजिम्पाटबाटै रंगेहात पक्राउ गरेको हो ।
    कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिको लागि सेवाग्राहीसँग ३० हजार घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले  विन्दु श्रेष्ठ प्रधानलाई रंगेहात पक्राउ गरेको हो ।
    यसअघि मंगलबार अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई साढे २२ लाख नगदसहित नियन्त्रणमा लिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार