Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० नेपाली जापान जाँदै


    बुधबार, साउन १८ २०७९
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरु अब छिट्टै जापान जान पाउने भएका छन्। 

    बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले (एसएसडब्लु) प्रणाली मार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

    यसअघि सन् २०१९ मार्चमा (एसएसडब्लु) प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसरहरु प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो। 

    सो प्रणाली अन्तरगत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीको लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो। नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि एक कार्यसमिति बनेको थियो।

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानुन मन्त्रालयका हिमाल चन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सदस्य रहेका छन्। 

    त्यस्तै, जापान सरकारको तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा एक प्रतिनिधिमण्डल समिति बनेको छ। उनीहरुबीच भोलि (साउन १९ गते) बैठक बसेर नेपाली नागरिकलाई जापानमा रोजगारीको लागि बृहत छलफल गरि मन्त्रालयललाई छिटो कामदार पठाउने विषयमा सिफारिस गर्ने छ।

    उक्त विषयमा विस्तृत विवरण भोलिको बैठक पछि दिइने मन्त्रालयले जनाएको छ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार