Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आईओसीलाई १४ अर्ब रुपैयाँ बुझाउनु पर्नेछ, मूल्य घटाउन सकिन्न : नेपाल आयल निगम


    बुधबार, साउन १८ २०७९
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)लाई १४ अर्ब रुपैयाँ बुझाउन बाँकी रहेकाले मूल्य घटाउन नसकेको नेपाल आयल निगमले जनाएको छ ।

    अनेरास्ववियूको ज्ञापनपत्र बुझ्दै निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगम स्वचालित मूल्य प्रणाली लागू गर्न निगम प्रतिबद्ध रहेको बताएका हुन् ।

    ठूलो रकम बक्यौता रहेकाले माग पूरा गर्न अहिले संम्भव नभएको उनले बताए । उपाध्यायले विद्यार्थी संगठनले गरेको माग अनुसार आयल निगमको अवस्थाबारे आज नै विज्ञप्ति सार्वजनिक गर्ने बताए ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधवार आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियू वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार