Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • प्रभु साहको पालिकामा प्रशासकीय अधिकृतको चर्तिकला, कार्यकक्षमा ‘चुकुल लगाएर कान्छीसँग डान्स’


    बुधबार, साउन १८ २०७९
    2.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेशको रौतहट जिल्लाको मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले कार्यकक्षमा नै चर्तिकला देखाएका छन् ।

    उनले कार्यालयको मर्यादा र अनुशासनलाई मिचेर टिकटक बनाउदै गरेको भिडियो र फोटो सार्वजनिक भएको छ । कार्यकक्षभित्रै कुर्शीमा टिकटक बनाउँदा चौतर्फी आलोचना हुन थालेको छ ।

    नगरपालिका कार्यालयको प्रतिष्ठा र मर्यादालाई बिर्सिएर अधिकृत साह र उहाँकी श्रीमती रानी साहले (टिकटक अनुसार) कार्यालयलाई नै बेडरुम जस्तै नांचगान गर्दै  मस्त भएको देखिएको छ ।  साहले आफ्नो श्रीमतीसँग आफ्नै कार्यकक्षमा टिकटक बनाउदै गरेको फोटो सार्वजनिक भएपछि जनस्तरमा आलोचना भइरहेको छ ।

    केही दिन अगाडि अधिकृत साहकी श्रीमती रानी साहले उहाँको पदीय कुर्सीमा साहको काखमा बसी टिकटक भिडियो बनाएर सार्वजनिक गरेको देखिन्छ ।

    साह करिब डेढ बर्ष देखि सो पदमा कार्यरत भएकाले उनले नगरपालिकालाई आफ्नो घर बुझी आफ्नो पदीय गरिमालाई समेत धज्जी उडाएको यस फोटो ले बुझिन्छ।

    केही दिन अगाडि उहाँकी श्रीमतीले पदीय कुर्सीमा बनाएको टिकटक भिडियोबाट सो फोटो बाहिर आएको छ। हाल यो भिडियो उहाँको श्रीमतीकी प्रोफाइलबाट डिलिट गरिएको छ ।

    पछिल्लो लामो समय देखि नेपालका सरकारी कार्यालयको कर्मचारीहरुले कार्यालयलाई टिकटक बनाउने अखडा बन्न थालेका छन् । उक्त भिडियो र फोटोहरु सामाजिक सञ्जालमा भने भाइरल छ ।

    स्मरण रहोस मौलापुर नगरपालिका पुर्वमन्त्री तथा एमाले स्थायी कमिटि सदस्य प्रभु साहको गृह पालिका हो । उक्त नगरपालिकाको मेयर पदमा पुर्वमन्त्री साहकी श्रीमती रिना साह दोश्रो कार्यकालका लागि मेयर पदमा निर्वाचित समेत भएकी छिन् ।

    यसअघी पनि मधानी महायज्ञको नाममा मौलापुरमै आकेष्ट्रा डान्सरहरुलाई नचाएपछी अश्लिलता फैलाएको भन्दै साहको व्यापक आलोचना भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार