Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कार्यालयभित्रै ‘मदिरा पार्टी’ गरिरहेका हाकिमलाई विप्लवका कार्यकर्ताले प्रहरीमा बुझाए


    बुधबार, साउन १८ २०७९
    410
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन् । मंगलबार बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको अवस्थामा फेला परेका हुन् । 

    नेत्र विक्रम  चन्द ( विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरूलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई बुझाएको छ । 

    कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा मदिरा सेवन गरिरहेका थिए ।  सरकारी कार्यालयभित्र मदिरा सेवन गर्नु कस्तो गैरजिम्वारीपन ? भन्दै नेकपा भेरी नगर कमिटी ईन्चार्ज विराजन शाहीले कारबाहीको माग गरेको बताए ।

    यस बारेमा बुझ्न खोज्दा आफ्नै क्वाटरको बाहिर साथीभाइ बसिरहेको कार्यालय प्रमुख धितालले बताए । तर  प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले आवश्यक कारबाही गरिने बताए । उनले भने, ‘बुधबार बिहान छलफलका लागि बोलाएका छौं आवश्यक कारबाही हुन्छ ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार