Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सप्तकोसीले कटान थालेपछि श्रीलंका टापुका बासिन्दा सुरक्षित स्थलतर्फ सर्दै


    बुधबार, साउन १८ २०७९
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सप्तकोसी नदीले पश्चिम क्षेत्रमा अत्याधिक मात्रामा कटान शुरु गरेपछि श्रीलंका टापुका स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन् ।

    गए रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोसीले पश्चिम क्षेत्रको भू–भाग कटान गर्ने क्रम नरोकिएपछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ लागेका हुन् ।

    पानीको बहाव अत्याधिक मात्रामा बढेपछि कोशी ब्यारेजका ३२ वटा ढोका खोलिएका छन् भने २ लाख १६ हजार ८५ क्युबिक प्रतिसेकेन्डका दरले पानीको बहाव भइरहेकाले सुरक्षा सर्तकता अपनाउन प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई सर्तक गराएइको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार