Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ


    बुधबार, साउन १८ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी। महोत्तरीबाट मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ परेका छन् ।

    मोटरसाइकल चोरी भएको उजुरीको आधारमा लामो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय वर्दिवासको टोलीले उक्त समूहलाइ पक्राउ गरेको हो ।
    पक्राउ पर्नेहरुमा  बर्दिबासमा बस्ने एकैघरका दाजुभाइ राम एकवाल यादव र रामलक्ष्मण यादव, भंगाहा नगरपालिका घर भएका सुनिल कुमार राम रहेको प्रहरीले जनाएको छ ।

    गत साउन १५ गते राती वडा न.१४ स्थित सेन्चुरी बैंकको अगाडि पार्किङ्ग गरेर राखेको ज ७ प ४५८६ नम्बरको मोटरसाइकल चोरीभएसँगै इलाका प्रहरी कार्यालय गौरिडाँडाको टोली तिव्र खोजतलासमा लागेको थियो ।

    अनुसन्धानको क्रममा बर्दिबास-७ बस्ने राम एकवालको घरबाट उक्त नम्बर प्लेटको मोटरसाइकल फेला परेपछि संगठित मोटरसाइकल चोरी गर्नेको रहस्य खुलेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार