Nepal Face
  • आइतबार, १० साउन २०८३
  • म्याग्दी पहिरो अपडेटः पाँच जनाको मृत्यु     


    मंगलबार, साउन १७ २०७९
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • म्याग्दी । मालिका गाउँपालिका–२ रुममा अविरल वर्षाका कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ को घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै छोराहरू १८ वर्षीय नवीन विक, १४ वर्षीय राजन विक र छोरी ७ वर्षीया अस्मी पटेल रहेका छन् । उक्त स्थानमा पहिरो आई २ वटा घरहरु बगाई मानिसहरू समेत बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो । 

    पहिरोमा परी घाइते भएका सोही ठाउँ बस्ने ६५ वर्षीय गोठे बिक र उनकै श्रीमती ६५ वर्षीया गोरी बिकलाई रुम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । पहिरोबाट ३ वटा घर र १ वटा गोठ पुरिएर क्षति भएको छ ।

    तत्काल घटनास्थलमा खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार